काठमाडौं– नेपाली कांग्रेसका सांसद राजन केसीले आरडिटी परीक्षणले आतकिंत पार्ने कार्य गरेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद् केसीले आरडिटी गलत प्रविधि भएको दाबी गरे। ‘स्वास्थ्यमन्त्री आरडिटी किट किनेर जनतालाई अलमलमा राख्ने काम भएको छ। जनतालाई आतंकित पार्ने किन हुदैछ?’उनले भने।
आफ्नो क्षेत्रमा भएको आरडिटी परीक्षणका बारेमा तथ्य प्रष्टाउँदै उनले ५६ जना संक्रमित फेला परेको बताए। पाँच दिन क्वारेनटाइनमा बसेपछि उनीहरुको पिसिआरमा पोजिटिभ नदेखिएको बताए।
आरडिटी सिफारिस गर्नेप्रति नै उनले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘उनीहरु पाँच दिनसम्म कति तनावमा भए र आतंक फैलियो। यो कार्य किन गरियो? स्वास्थ्यमन्त्रीबाट जवाफ चाहियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।