काठमाडौं- संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस हुने भएको छ। बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ।
लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।
दर्ता भएको संविधान संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्नका लागि परिपक्व हुन पाँच दिन लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।