काठमाडौं- थर्मल गनको परीक्षणकै भरमा विरगञ्ज नाकाबाट ४०० जना नेपाल भित्रिएका छन्।
पर्सा जिल्ला प्रशासन स्रोतका अनुसार उनीहरुलाई ज्वरोमात्र परीक्षण गर्दै नेपाल भित्र्याइएको छ। भारतबाट भित्रिएका मानिसहरूको धमाधम कोरोना संक्रमण पुष्टि हुँदा यसरी सिमाबाट भित्रिएका व्यक्तिलाई सामान्य ज्वरो नापेर भित्र्याइएको हो। देशभर ७ सय ७२ जना कोरोना संक्रमित पुगिसकेका छन्।
यसरी संक्रमण भएकाहरू अधिकांश भारतबाट आएका मानिसहरू रहेका छन्। भारतका विभिन्न शहरमा मजदुरीका लागि गएका उनीहरू नेपाल भित्रिरहेका छन्। भारतमा रेल, हवाई सेवा चल्न थालेपछि उनीहरू नेपाल भित्रने क्रम बढेको छ।
यसरी भित्रिनेहरूलाई क्वारेनटाइनमा राख्न सम्भव नभएकाले ज्वरो परीक्षण गरेर सम्बन्धित स्थानीय तहको समवन्यन गरी उनीहरूकै गाउँ पठाउने कार्य भइरहेको विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताए।
पर्साका बाहेक अन्य व्यक्तिलाई क्वारेनटाइनमा राख्न सम्भव नभएकाले सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।