काठमाडौं- सरकारले चालू आर्थिक वर्षको फागुनसम्ममा जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर रेलमार्गमध्ये ५६ किलोमिटर निर्माण सम्पन्न भएको छ। उक्त खण्डको रेलमार्ग निर्माणलाई लकडाउनकै अवधिमा समेत निरन्तरता दिइएको हो।
२०७६ असारसम्म बर्दिवास–निजगढ रेलमार्गको बर्दिवास–लालबन्दी खण्डको ३० किमि क्षेत्रको ट्र्याक बेडमध्ये २५.६ किलोमिटरको निर्माण भएकोमा चालू आवको फागुनसम्म थप ३.५ किलोमिटर ट्र्याक बेड निर्माण सकिएको छ।
त्यसैगरि मेची महाकाली विद्युतीय रेलमार्ग ९ सय ४५ किमिको आर्थिक वर्ष २०७६/७७ फगुनसम्म विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।
यसैगरि चालू आवको फागुनसम्म केरुङ–काठमाडौं र वीरगन्ज–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।