काठमाडौं– चालू आर्थिक वर्ष २०७६/०७७ मा निरेपक्ष गरिबी घट्ने सरकारको अनुमान छ।
सरकारले चालु आावमा निरपेक्ष गरिबी क्रमशः घट्दै १६ दशमलव ६७ प्रतिशतमा झर्ने अनुमान गरेको हो। तर,आर्थिक सर्वेक्षणमा सरकारले २०७५/०७६ को निरेपेक्ष गरिबीको अनुपात उल्लेख गरेका छैनन्।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको चालु आवको आर्थिक सवेक्षणमा आर्थिव वर्ष २०७४/०७५ मा निरेपक्ष गरिबीको अनुपात कुल परिवारको १८ दशमल ७ रहेको मात्रै उल्लेख गरेको छ।
तर, गत आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा भने गरिबी तथा बहुआयमिक सूचाङ्क घट्दै गएको र मानव विकास सूचाङ्कको सूधार क्रम जारी रहेको उल्लेख छ।
विसं २०८७ सम्ममा आय असमानता न्यूनीकरण गर्दै गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतमा झार्ने र २१०० सम्ममा पुग्दा शून्यमा झार्ने सरकारको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।