चितवन– नयाँ वर्षको अवसरमा शनिबार खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसोको सवारी आवागमन पुनः आजबाट बन्द हुने भएको छ।
सडक विस्तारको क्रममा दिउँसोमा यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकमा नयाँ वर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आजबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पुनः सवारी साधन बन्द गरेर काम गरिने भएको हो।
आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडक जाम झेल्नुपर्ने बाध्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।