काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप तथा कर्जाको भारित औषत ब्याजदर अन्तर 'स्प्रेडदर' ४.४ प्रतिशतभित्र ल्याइसक्नुपर्ने व्यवस्थालाई कार्यानवन गर्ने भएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौन्द्रिक नीति मार्फत स्प्रेडदरलाई ४.५ प्रतिशतबाट ४.४ प्रतिशतमा झार्ने व्यवस्था गरेको थियो।
अघिल्लो वर्ष स्प्रेडदर ५ प्रतिशत थियो। बैंकहरुको व्यापार बढ्दै जाँदा उनिहरुलाई कम मार्जिनमा काम गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै आएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाउने जनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात बैंकदर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरेको छ।
कृषि व्यवसाय लघु साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रफमा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।