काठमाडौं- वीरगञ्ज पथलैया औधोगिक करिडोरस्थित पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रालिले नेपामै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) को उत्पादन सुरु गरेको छ।
मुख तथा नाकबाट लिइएको स्वाबलाई परिक्षणको लागि ल्याबसम्म सुरक्षित रुपमा पु¥याउन भिटिएमको प्रयोग हुन्छ। कोभिड–१९ को महामारीमा पिसिआर टेष्टको लागि नभई नहुने भिटिएमको लागि हालसम्म अन्य मुलुकको भर पर्नुपर्ने अवस्था छ।
एभरेष्ट प्यारेन्टेरल्स प्रालिका प्रवन्ध निर्देशक उमङ्ग राणासरिया भन्छन्, “पटक पटक भिटिएम अभावको कारणले गर्दा पिसिआर परिक्षणमा वाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरिएको हो । न्युनतम मूल्यमा उच्च गुणस्तरको भिटिएम उपलब्ध गराउने हाम्रो अठोट छ । हाम्रो आफ्नै उच्च स्तरीय प्रयोगशाला समेत भएको हुनाले प्रत्येक व्याचको परिक्षण हुने तथा अन्य क्षमतायुक्त बाहिरका ल्याबमा समेत परिक्षण गराएपश्चात मात्र भिटिएम बजारमा पठाइनेछ।”
वरिष्ट फार्मासिस्ट तथा कम्पनीका विक्रीवितरण प्रमुख विवेक सिंह महतका अनुसार, एभरेष्ट प्यारेन्टेरल्सद्वारा उत्पादित भिटिएम नेपालकै पहिलो र एकमात्र कोरोना भाइरस स्पेशिफिक भिटिएम भएको, सिडिसि अमेरीकाको कोरोना सम्बन्धि भिटिएमको निर्देशिकाको पूर्ण पालना गरि बनाइएको हो। उनले भिटिएममा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखी ८ डिग्री सेल्सीयस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिने हुनाले गुणस्तरीयता तथा प्रभावकारी रहने दाबी गरे।
एभरेष्ट प्यारेन्टेरल्स प्रालिले दैनिक १० देखी १५ हजार ट्युव भिटिएम उत्पादन क्षमता राख्ने बताइएको छ। यसका अलवा इन्जेक्टेवल्स, सलाइन, आइड्रप्स तथा नेजल स्पे्र जस्ता औषधिहरु पनि बजारमा ल्याउन लागेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।