काठमाडौं- नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७७२ पुगेको छ। आज ९० जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।
आज ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।