काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकामा क्वारेन्टाइनमा बसिरहेका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।
प्रादेशिक अस्पताल पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको वालिङका मेयर दिलीप प्रताप खांणले जानकारी दिए।
केही दिन अघि भारतबाट आएका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो। सुनौली नाका हुँदै आएका ७ जनालाई वालिङ नगरपालिकाले क्वारेन्टाइनमा राख्ने गरि जिल्लामा ल्याएको थियो। सात जनामा दुई जनामा कोरोना संक्रमण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।