काठमाडौं- सरकारले एक खर्ब ५५ रुपैयाँको आन्तरिक ऋण उठाएको छ। चालु आर्थिक वर्षमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। गएको आर्थिक वर्षको अन्तिममा मात्रै आन्तरिक ऋण लिन खोजेकोमा सकेको थिएन।
चालु आर्थिक वर्षको चौथो त्रैमाशमा मात्रै सरकारले जेठ ११ गते १७ अर्ब २० करोड रुपैयाँ ट्रेजरी बिलको लागि बोलकबोल गरेको थियो। त्यस्तै जेठ ५ गते १५ अर्ब ७४ करोड रुपैयाँको र बैशाख २९ गते १४ अर्ब १८ करोड रुपैयाँ राष्ट्र ऋण उठाएको छ।
बैंकमा पर्याप्त तरलता भए पछि बैंकहरुले राष्ट्र ऋण खरिद गरिरहेका छन्। लकडाउनले गर्दा बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह नै नहुने अवस्थामा ६–७ प्रतिशत भए पनि व्याज पाउने भएकाले बैंकहरुले ट्रेजरी खरिद गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
गत वर्षको यहि अवधिमा बैंकहरु तरलताको अभाव भोगिरहेका थिए। प्रयाप्त तरलता नहुँदा बैंकहरुले नेपाल सरकारको ट्रेजरी विल खरिद गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।