एजेन्सी- कोरोना भाइरसका कारण हालसम्म ५४ लाख ९३ हजार संक्रमित रहेका छन्। कोरोना भाइरसका कारण ३ लाख ४६ हजार मानिसले ज्यान गुमाएका छन्। त्यस्तै २२ लाख २८ हजार संक्रमितले यसलाई जित्न सफल भएका छन्।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै प्रभावित देश अमेरिका भएको छ। चीनको वुहानबाट सुरु भएपनि यो अहिले अमेरिका, रुस, ब्राजिल र युरोपका देशहरूमा महामारीको रुपमा फैलिएको छ।
यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका विश्वका १० देश
देश | संक्रमित | मृत्यु |
अमेरिका | १६६२३०२ | ९८२२० |
ब्राजिल | ३७४८९८ | २३४७३ |
रूस | ३५४४२७ | ३६३३ |
बेलायत | २६२५४७ | ३६९९६ |
स्पेन | २३५४०० | २६८३४ |
इटाली | २३०१५८ | २८४६० |
फ्रान्स | १८३०६७ | २८४६० |
जर्मनी | १८०६०० | ८३०९ |
टर्की | १५७८१४ | ४३६९ |
भारत | १४४९५० | ४१७२ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।