काठमाडौं- भारतमा १ लाख ४४ हजार ९ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार, सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत १०औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल तथा अमेरिका छन्।
भारतमा ४ हजार १ सय ७२ को संक्रमणपछि मृत्यु भएको छ।
भारतमा ६० हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ५४ लाख ९० हजार संक्रमित, ३ लाख ४५ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख ९० हजार ९ सय ५४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ३ लाख ७४ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ४५ हजार ९ सय ६२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९८ हजार २ सय १८ को मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा सर्वाधिक ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन ७९ जनामा संक्रमण पुष्टि भएको थियो। अर्घाखाँचीमा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्लाको संख्या ४३ पुगेको छ। संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भएका छन्। त्यस्तै, ४ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।