• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै के-के ढाँटे प्रधानमन्त्रीले?

नेपाल तथ्य जाँच सोमबार, जेठ १२, २०७७  २१:३९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए। त्यस्तो खासै विशेष कुरा भने केही पनि आएन। ‘गरिनेछ’ आश्वासन धेरै आए। सम्बोधनका केही तथ्य भने गलत छन्। हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

प्रधानमन्त्रीको दावी : कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ।

तथ्य : तीन जना होइन, चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिँउसो सवा ४ बजेको प्रेस ब्रिफिङमा नै घोषणा गरिसकेको हो। प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने खबर दिउँसोदेखि नै आएको थियो। कसैले पनि सम्बोधनको भिडियो रेकर्डेड हो, लाइभ होइन भनेका थिएनन्। यदि यो अगाडि नै रेकर्ड गरिसकेको भए यति बजे रेकर्ड गरिएको भनेर टेलिभिजनमा सूचना दिन सकिन्थ्यो। तर सम्बोधनका क्रममा नेपाल टेलिभिजनले न ‘लाइभ’ लेखेको थियो, न ‘रेकर्डेड’ नै। जेठ ४ गते नै चौथो व्यक्तिको मृत्यु भइसके पनि र त्यसको आधिकारिक घोषणा भइसकेको एक घण्टा नाघिसक्दा पनि प्रधानमन्त्रीको मुखबाट तीन जनाको मात्र मृत्यु भएको भनाउनु गलत हो।

प्रधानमन्त्रीको दावी : फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिवेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो।

तथ्य : यो गलत भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। यो विषयमा हामीले अप्रिल २६ मा नै फ्याक्टचेक गरिसकेका थियौँ- कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको दावी सरकारी अखबार गोरखापत्र र समाचार एजेन्सी राससले गरेको थियो।

हामीले विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका अधिकारीहरुसित सम्पर्क गर्‍यौँ। उनीहरुले यसमा अनभिज्ञता जनाए। ‘हामीले पनि समाचार सुन्यौँ, डब्लुएचओको कुनै पनि डकुमेन्टमा नेपालको स्थान यसरी झरेको हामीले देखेका छैनौँ’, उनीहरुले भनेका थिए।

डब्लुएचओले तीन वटा ग्रेडिङ गर्ने गर्छ। सम्पूर्ण विश्व स्वास्थ्यलाई असर पर्ने हिसाबको भए ग्रेड थ्री इमरजेन्सी भन्ने गरिन्छ। कोभिड १९ लाई डब्लुएचओले Pandemic भनेर ग्रेड थ्री इमर्जेन्सी घोषणा गरेको छ। यो भनेको ग्लोबल हाइ रिस्क हो। यो विश्वका सबै देशमा लागू हुन्छ। अर्को, डब्लुएचओले सिचुएसन रिपोर्टको दैनिक अपडेट दिने गर्छ। यसमा ट्रान्समिसन क्लासिफिकेसनको चार लेभल हुन्छ। यसमा नेपालको लेभल परिवर्तन भएको छैन। डब्लुएचओले अर्को एउटा वर्गीकरण पनि गर्ने गर्छ- प्रत्येको देशको तयारीको अवस्था (Country Preparedness and Response Status) का बारेमा। यसको २० अप्रिल २०२० र त्यो भन्दाअघिको मार्च १९, २०२०, फेब्रुअरी २८ को रिपोर्टमा पनि नेपाल लेभल ३ मा नै छ। अर्थात् प्रधानमन्त्रीले दावी गरे जस्तो अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थिएन।

प्रधानमन्त्रीको दावी : एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको छ।

Ncell 2
Ncell 2

तथ्य : प्रधानमन्त्रीले २० भन्दा बढी प्रयोगशालाबाट कोभिड-१९ को परीक्षण तीब्र बनाइएको भने पनि हिजोसम्म देशभरका कूल १९ प्रयोगशालाबाट मात्र परीक्षण हुन्थ्यो। यी हुन् परीक्षण हुने ल्याबहरु (स्रोत : मन्त्रालयको सिचुएसन रिपोर्ट)

यसमा त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा रहेको मेसिन ल्याएर आजदेखि टिचिङ अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको छ। अर्थात् आजदेखि बल्ल कूल २० प्रयोगशालाबाट परीक्षण हुने हो। प्रधानमन्त्रीले दावी गर्नुभए जस्तो ‘२० भन्दा बढी’ प्रयोगशालाबाट परीक्षण हुने गरेको छैन।

प्रधानमन्त्रीको दावी : महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो।

तथ्य : एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि हुन लागेको थियो। त्यसको अघिल्लो दिन अर्थात् चैत ५ गते साँझ बल्ल उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीले दुई दिन अगाडि स्थगित गर्नुपरेको भने पनि परीक्षा दिन तयार भएका लाखौँ विद्यार्थीलाई थाहा छ, परीक्षा सुरु हुन १२ घण्टाभन्दा कम समय बाँकी रहँदा बल्ल स्थगित भएको समाचार मिडियामा आएको थियो। दुई दिन अगाडि त सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। दुई दिन अगाडि स्थगित गरेको भए भोलिका लागि सबै तयारी पूरा भनेर सरकारी अखबार गोरखापत्रको मुखपृष्ठमा यस्तो खबर आउने थिएन चैत ५ गते।

प्रधानमन्त्रीको दावी : कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ।

तथ्य : Harvard Medical School र Emory University सित आवद्धहरुले JAMA Internal Medicine मा मे १४ मा प्रकाशन गरेको पेपर अनुसार यो रुघाखोकी जस्तो सामान्य होइन। पेपरमा लेखिएको छ, ‘अधिकारीहरुले सार्स-कोभ-२ (कोभिड १९ गराउने भाइरस) लाई रुघाखोकीज्वरो जस्तै भने पनि त्यो सत्य होइन।’ Assessment of Deaths From COVID-19 and From Seasonal Influenza शीर्षकको पेपरमा अमेरिकामा हरेक हप्ता २० गुणा बढी मृत्यु यसबाट भएको उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले पनि सिजनल इन्फ्लुएन्जाभन्दा यसको मृत्युदर बढी रहेको उल्लेख गरेको छ।

हेल्थलाइनमा प्रकाशित रिपोर्ट अनुसार पनि विज्ञहरुले मौसमी रुघाखोकी ज्वरो भन्दा कोभिड १९ धेरै भयावह भएको उल्लेख छ। फ्लुभन्दा यो सजिलोसँग धेरैमा फैलिन्छ, यसको मृत्यु दर र अस्पतालमा बस्नु पर्ने गरी बिरामी हुने दर पनि धेरै छ।

प्रधानमन्त्रीको दावी : भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

तथ्य : भाइरसमा फोहरमा रमाउने प्रधानमन्त्रीको दावी भ्रामक छ। भाइरोलोजीमा पिएचडी गरेकी डा. लुना भट्ट शर्माले ट्विट गरेकी छिन्- मेरो अहिले सम्मको बुझाईको क्रममा कहिले नसुनेको कुरा हो यो, भाइरस फोहोरमा रमाउँछ।

कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिटा अर्को व्यक्तिको आँखा, नाक वा मुखबाट शरीर भित्र पसेपछि सर्ने हो। त्यसैले बसोबासको ठाउँ एकदमै सफाचट्ट भएको र दिनदिनै नुहाएर चट्ट भएर बस्ने मानिस पनि अर्को संक्रमित व्यक्तिले खोक्दा निस्कने छिटाबाट संक्रमित हुनसक्छ।

र, एउटा भ्रम चिर्ने अभिव्यक्ति
यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले अहिले चलिरहेको एउटा विषय भने हल्ला मात्र भएको जानकारी दिएका छन्। विगत केही समयदेखि अपाङ्ग वा एकल महिला भत्ता कटौति हुन लागेको हल्ला फैलिएको छ। यसमा प्रधानमन्त्रीले स्पष्टसित भनेका छन्- 'यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन।'

(यो सामग्री हामीले नेपाल तथ्य जाँचबाट लिएका हौं)

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युव... शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए । शनिबार, माघ १०, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । शनिबार, माघ १०, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्