• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै के-के ढाँटे प्रधानमन्त्रीले?

नेपाल तथ्य जाँच सोमबार, जेठ १२, २०७७  २१:३९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए। त्यस्तो खासै विशेष कुरा भने केही पनि आएन। ‘गरिनेछ’ आश्वासन धेरै आए। सम्बोधनका केही तथ्य भने गलत छन्। हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

प्रधानमन्त्रीको दावी : कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ।

तथ्य : तीन जना होइन, चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिँउसो सवा ४ बजेको प्रेस ब्रिफिङमा नै घोषणा गरिसकेको हो। प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने खबर दिउँसोदेखि नै आएको थियो। कसैले पनि सम्बोधनको भिडियो रेकर्डेड हो, लाइभ होइन भनेका थिएनन्। यदि यो अगाडि नै रेकर्ड गरिसकेको भए यति बजे रेकर्ड गरिएको भनेर टेलिभिजनमा सूचना दिन सकिन्थ्यो। तर सम्बोधनका क्रममा नेपाल टेलिभिजनले न ‘लाइभ’ लेखेको थियो, न ‘रेकर्डेड’ नै। जेठ ४ गते नै चौथो व्यक्तिको मृत्यु भइसके पनि र त्यसको आधिकारिक घोषणा भइसकेको एक घण्टा नाघिसक्दा पनि प्रधानमन्त्रीको मुखबाट तीन जनाको मात्र मृत्यु भएको भनाउनु गलत हो।

प्रधानमन्त्रीको दावी : फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिवेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो।

तथ्य : यो गलत भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। यो विषयमा हामीले अप्रिल २६ मा नै फ्याक्टचेक गरिसकेका थियौँ- कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको दावी सरकारी अखबार गोरखापत्र र समाचार एजेन्सी राससले गरेको थियो।

हामीले विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका अधिकारीहरुसित सम्पर्क गर्‍यौँ। उनीहरुले यसमा अनभिज्ञता जनाए। ‘हामीले पनि समाचार सुन्यौँ, डब्लुएचओको कुनै पनि डकुमेन्टमा नेपालको स्थान यसरी झरेको हामीले देखेका छैनौँ’, उनीहरुले भनेका थिए।

डब्लुएचओले तीन वटा ग्रेडिङ गर्ने गर्छ। सम्पूर्ण विश्व स्वास्थ्यलाई असर पर्ने हिसाबको भए ग्रेड थ्री इमरजेन्सी भन्ने गरिन्छ। कोभिड १९ लाई डब्लुएचओले Pandemic भनेर ग्रेड थ्री इमर्जेन्सी घोषणा गरेको छ। यो भनेको ग्लोबल हाइ रिस्क हो। यो विश्वका सबै देशमा लागू हुन्छ। अर्को, डब्लुएचओले सिचुएसन रिपोर्टको दैनिक अपडेट दिने गर्छ। यसमा ट्रान्समिसन क्लासिफिकेसनको चार लेभल हुन्छ। यसमा नेपालको लेभल परिवर्तन भएको छैन। डब्लुएचओले अर्को एउटा वर्गीकरण पनि गर्ने गर्छ- प्रत्येको देशको तयारीको अवस्था (Country Preparedness and Response Status) का बारेमा। यसको २० अप्रिल २०२० र त्यो भन्दाअघिको मार्च १९, २०२०, फेब्रुअरी २८ को रिपोर्टमा पनि नेपाल लेभल ३ मा नै छ। अर्थात् प्रधानमन्त्रीले दावी गरे जस्तो अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थिएन।

प्रधानमन्त्रीको दावी : एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तथ्य : प्रधानमन्त्रीले २० भन्दा बढी प्रयोगशालाबाट कोभिड-१९ को परीक्षण तीब्र बनाइएको भने पनि हिजोसम्म देशभरका कूल १९ प्रयोगशालाबाट मात्र परीक्षण हुन्थ्यो। यी हुन् परीक्षण हुने ल्याबहरु (स्रोत : मन्त्रालयको सिचुएसन रिपोर्ट)

यसमा त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा रहेको मेसिन ल्याएर आजदेखि टिचिङ अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको छ। अर्थात् आजदेखि बल्ल कूल २० प्रयोगशालाबाट परीक्षण हुने हो। प्रधानमन्त्रीले दावी गर्नुभए जस्तो ‘२० भन्दा बढी’ प्रयोगशालाबाट परीक्षण हुने गरेको छैन।

प्रधानमन्त्रीको दावी : महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो।

तथ्य : एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि हुन लागेको थियो। त्यसको अघिल्लो दिन अर्थात् चैत ५ गते साँझ बल्ल उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीले दुई दिन अगाडि स्थगित गर्नुपरेको भने पनि परीक्षा दिन तयार भएका लाखौँ विद्यार्थीलाई थाहा छ, परीक्षा सुरु हुन १२ घण्टाभन्दा कम समय बाँकी रहँदा बल्ल स्थगित भएको समाचार मिडियामा आएको थियो। दुई दिन अगाडि त सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। दुई दिन अगाडि स्थगित गरेको भए भोलिका लागि सबै तयारी पूरा भनेर सरकारी अखबार गोरखापत्रको मुखपृष्ठमा यस्तो खबर आउने थिएन चैत ५ गते।

प्रधानमन्त्रीको दावी : कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तथ्य : Harvard Medical School र Emory University सित आवद्धहरुले JAMA Internal Medicine मा मे १४ मा प्रकाशन गरेको पेपर अनुसार यो रुघाखोकी जस्तो सामान्य होइन। पेपरमा लेखिएको छ, ‘अधिकारीहरुले सार्स-कोभ-२ (कोभिड १९ गराउने भाइरस) लाई रुघाखोकीज्वरो जस्तै भने पनि त्यो सत्य होइन।’ Assessment of Deaths From COVID-19 and From Seasonal Influenza शीर्षकको पेपरमा अमेरिकामा हरेक हप्ता २० गुणा बढी मृत्यु यसबाट भएको उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले पनि सिजनल इन्फ्लुएन्जाभन्दा यसको मृत्युदर बढी रहेको उल्लेख गरेको छ।

हेल्थलाइनमा प्रकाशित रिपोर्ट अनुसार पनि विज्ञहरुले मौसमी रुघाखोकी ज्वरो भन्दा कोभिड १९ धेरै भयावह भएको उल्लेख छ। फ्लुभन्दा यो सजिलोसँग धेरैमा फैलिन्छ, यसको मृत्यु दर र अस्पतालमा बस्नु पर्ने गरी बिरामी हुने दर पनि धेरै छ।

प्रधानमन्त्रीको दावी : भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

तथ्य : भाइरसमा फोहरमा रमाउने प्रधानमन्त्रीको दावी भ्रामक छ। भाइरोलोजीमा पिएचडी गरेकी डा. लुना भट्ट शर्माले ट्विट गरेकी छिन्- मेरो अहिले सम्मको बुझाईको क्रममा कहिले नसुनेको कुरा हो यो, भाइरस फोहोरमा रमाउँछ।

कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिटा अर्को व्यक्तिको आँखा, नाक वा मुखबाट शरीर भित्र पसेपछि सर्ने हो। त्यसैले बसोबासको ठाउँ एकदमै सफाचट्ट भएको र दिनदिनै नुहाएर चट्ट भएर बस्ने मानिस पनि अर्को संक्रमित व्यक्तिले खोक्दा निस्कने छिटाबाट संक्रमित हुनसक्छ।

र, एउटा भ्रम चिर्ने अभिव्यक्ति
यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले अहिले चलिरहेको एउटा विषय भने हल्ला मात्र भएको जानकारी दिएका छन्। विगत केही समयदेखि अपाङ्ग वा एकल महिला भत्ता कटौति हुन लागेको हल्ला फैलिएको छ। यसमा प्रधानमन्त्रीले स्पष्टसित भनेका छन्- 'यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन।'

(यो सामग्री हामीले नेपाल तथ्य जाँचबाट लिएका हौं)

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्