फलेवास– कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका–३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छिन्।
काठमाडौँबाट पर्वततर्फ फर्किंदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौँडाका लागि छुटेको ना२ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो।
जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन्। ट्रकको ठक्करपछि जिप सडकमा पल्टिएको थियो।
घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।