विराटनगर– मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
सोहि नगरपालिका–२ का ५५ वर्षीय मग्ना मियाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मियाँ पोखरीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।