भद्रपुर– झापाका विभिन्न दुई स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
विर्तामोड नगरपालिका–२ मा मे१ख १३७१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोहि नगरपालिका–१ का ३५ वर्षीय प्रेम राईको मृत्यु भएको छ। शनिबार साँझपख दुर्घटनामा परेका राईको विएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साइकल पछाडी बसेका उनका छोरा ९ वर्षीय करण राई र बसका सह–चालक झापा मेचीनगर नगरपालिका १० का १६ वर्षीय विशाल कार्की घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ।
यसैगरी, कन्काइ नगरपालिका–४ मा मे२प ५४१६ नम्बरको मोटरसाइकल रोकिराखेको को१ख ४८८७ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालक कन्काइ नगरपालिका–३, सुरुङ्गाका २४ वर्षीय विष्णुसूर्य मगरको मृत्यु भएको छ।
दुर्घटनामा परी राई सहितपछाडि बसेका २५ वर्षिय निमेश गुरुङ गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि विएनसी अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो। मगरको सोहि क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।