काठमाडौं- महानगरीय प्रहरी वृत्त कालिमाटी वृत्तका २३१ जना प्रहरीको कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको छ।
कालिमाटी वृत्तका एक सई र एक जवानमा कोरोना देखिएपछि उक्त वृत्तका २३१ जना प्रहरीको कोरोना परीक्षणका लागि आइतबार स्वाब दिइएको वृत्त प्रमुख डिएसपी रुगम कुवँरले जानकारी दिए।
वृत्त, वृत्तसँगै रहेको महानगरीय प्रहरी प्रभाग, महिला सेल, र कालिमाटी वृत्त मातहका अन्य इकाईका प्रहरी कर्मचारी गरी २३१ जनाको स्वाब संकलन गरिएको हो। उक्त स्वाबको रिपोर्ट मंगलबारसम्म आउने जानकारी आएको प्रहरीले जनाएको छ।
कालिमाटी वृत्तका प्रहरीमा कोरोना देखिएपछि विगत एक हप्तादेखि प्रहरीका ती इकाई सिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।