काठमाडौं- टेकु अस्पतालले कोरोना संक्रमणमुक्त भएका तीन जनालाई डिस्चार्जको तयारी गरेको छ।
उनीहरुलाई विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका र अहिले संक्रमणमुक्त भएकाले डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ।
त्यस्तै, सोमबार मात्रै संक्रमण पुष्टि भएका तीन जनालाई भने अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूचना अनुसार टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको थियो।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।