काठमाडौं- प्रदेश २ को रौतहट जिल्लामा सोमबार एकै पटक २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसअघि २३ जना संक्रमित रहेको उक्त जिल्लामा कुल ४९ संक्रमित पुगेका छन्।
प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित पर्सामा छन्। पर्सामा ९४ जना संक्रमित रहेका छन्। त्यस्तै, सर्लाहीमा ३५ जनामा संक्रमण पुष्टि भएको छ।
बारामा ३३ जना
प्रदेश २ कै बारामा ३३ जना संक्रमित पुगेका छन्। यो संगै धेरै संक्रमित भएको प्रदेश २ को तेस्रो जिल्ला भएको छ।
प्रदेश २ मा संक्रमण पुष्टि भएका अधिकांश मानिसहरु भारतबाट फर्किएकाहरु छन्।
सोमबार विहान पुष्टि भएकामध्ये अधिकांश प्रदेश २ का छन्। जसमध्ये धनुषा ३, रौतहट २६ र सप्तरीमा २ जना थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।