जितपुर– कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भइ हाल वाणगंगा नगरपालिका–८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।
वाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए।
उनी पौडी खेल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै अन्य ७ जना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।