काठमाडौं- नेपाली सेनाले आइतबारबाट हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु गरेको छ। बलाधिकृत रथी शरदकुमार गिरीले नगरकोटस्थित नेपाली सेनाको वा कलेजमा एक समाहोरबीच उक्त तालिमको सुभारम्भ गरेका हुन्।
२५ जना महासेनानी दर्जाका शिक्षार्थीहको सहभागिता रहेको उक्त तालिमको शुभारम्भ गर्दै रथी गिरीले पेसागत ज्ञान बढ्न गई संस्थाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए।
जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय दिन सक्ने भावी नेतृत्वको उत्पादनमा समेत यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
त्यस्तै सि. स १ अल आर्म्स कमाण्ड तथा स्टाफ कोर्ष तालिमको प्रथम प्रवचन सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठले गरेका छन्।
५० जना शिक्षार्थी अधिकृतहरू समावेश गराई सञ्चालन भएको उक्त तालिममा आर्मी कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उतिर्ण भई मर्यादा क्रममा नपरेका अधिकृतहरू सहभागी गराई संचालन गर्न लागिएको हो।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन गर्न लागिएको उक्त तालिमहरू कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परीक्षण गरी रोग नलागेको यकीन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतहरूलाई पूर्ण रुपमा क्वारेन्टाइनमा राखी सामाजिक दूरी कायम गरी संचालन गर्न लागिएको जंगी अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।