काठमाडौं– सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा थप छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। सह महामन्त्री डा प्रकाशशरण महतले भने, ‘केन्द्रीय समितिको बैठकको मिति निश्चित भएको छैन। संविधान संशोधनमा मतदान हुनुअघि केन्द्रीय समितिको बैठक बस्छ।’
बैठकमा नेपाली भूमि मिचिएको बारेमा समेत छलफल भएको थियो। लिपुलेक ,लिम्पियाधुरा र कालापानी नेपालको भएको जनाउँदै कुटनीतिक तबरबाट भारतसँग संवाद मार्फत विवाद अन्त्य गर्न सरकारलाई सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।