काठमाडौं- काठमाडौंको माइतीघरमा 'राष्ट्रिय झन्डा महोत्सब' मनाइएको छ। नयाँ वर्षको अवसर पारेर राष्ट्रिय झन्डा फहराउँदै झन्डा महोत्सव मनाइएको हो।
शनिबार साँझ ५ बजे माइतिघर मण्डलामा सयौं अभियन्ता जम्मा भएर नेपालकाे राष्ट्रिय झन्डा फहराउँदै 'राष्ट्रिय झन्डा महाेत्सव' मनाएका हुन्।
कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जाेशीले झन्डा राष्ट्रकाे पहिचान, गाैरव तथा राष्ट्रिय अखन्डता, सार्वभौमसत्तासँग जोडिएको बताए। उनले भने, 'राष्ट्रिय झन्डाको सम्मान, इज्जत, पहिचान हाम्रा सन्ततिलाई सिकाउनु र जाेगाउनुपर्छ। झन्डाकाे सम्मान र संरक्षण गर्न नसके राष्ट्रियतामाथि नै संकट अाउँछ।'
अभियन्ता चक्रबहादुर चन्दले विभिन्न देशमा झन्डा दिवस मनाउन विदासमेत दिने चलन रहेकाे बताए। उनले वैशाख १ गते सरकारबाटै 'राष्ट्रिय झन्डा दिवस' मनाउने आह्वान हुनुपर्ने माग राखे।
कार्यक्रममा सहभागीहरुले नेपालको झन्डा विश्वकै नमूना र आकर्षक झन्डामा पर्ने भएकाले र आफ्नो झन्डाप्रति मान-सम्मान र इज्जतका लागि वैशाख १ लाई राष्ट्रिय झन्डा दिवस घोषणा गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।