काठमाडौं- नेपाल सरकारले चार अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८२’ निष्काशन गरेको छ। उक्त बचतपत्रमा लगानीकर्ताले ९ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकले नेपाल सरकारको तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभाग मार्फत जेठ एक गतेदेखि जेठ २१ गतेसम्म बिक्री खुला गरेको हो। यो बचतपत्र नेपाली नागरिकले मात्रै खरिद गर्न सक्नेछन्।
खरिदकर्ताले घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ। बचतपत्र खरिदकर्ताले ६/६ महिनामा तोकिएको ब्याज प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।