काठमाडौं- नेपाल बंगलादेश बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय सरकारको करोना कोषमा एक करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
त्यस्तै सातवटै प्रदेशको उक्त कोषमा ५ लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यकालयका सचिव नारायण प्रसाद बिडारीलाई चेक हस्तान्तरण गरेका हुन्। संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ।
बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नाराअनुसारको उद्देश्य प्राप्तिका लागि सामाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकलको लक्ष्य रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।