काठमाडौं- जनता समाजवादी पार्टी (जसपाका) वरिष्ठ नेता महन्थ ठाकुरले ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद उल फितर(इद)को उपलक्ष्यमा मुलुक लकडाउनमा भएकाले घरभित्रै परिवारसँग बसेर नमाज पढेर मनाउन आग्रह गरेका छन्।
ईदको अवरसमा एक विज्ञप्ति प्रकाशित गर्दै ठाकुरले कोरोना भाइरसबाट आफू समेत सुरक्षित भई अरूलाई समेत सुरक्षित हुने वातावरण मिलाउन आग्रह गरेका छन्।
कोरोना भाइरस संक्रमणबाट बच्न मुलुक लकडाउनमा भएकाले ईद मनाउने नाममा बाहिर निस्किएर भिडभाड नगर्न ठाकुरले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।