काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराएर निको भएका २ जनामा पुन कोरोना संक्रमण देखिएको छ। यसअघिको निको भएर घर फर्कने तयारीमा रहेका उनीहरूको पछिल्लो रिपोर्टमा भने संक्रमण हटिसकेको नपाइएपछि उनीहरूलाई डिस्चार्ज नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अस्पतालबाट शनिबार मात्रै अन्य ७ जना भने डिस्चार्ज भएका थिए।
यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८७ मात्र हुन आएको समेत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार आइतबार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सहित नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
नेपालमा ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।