काठमाडौं- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद र प्रतिनिधि सभाका सदस्यहरुले प्रयोग गर्दैआएको प्रतीक (लोगो) परिमार्जन गर्ने निर्णय गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको बैठकले नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार लोगो परिमार्जन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको उक्त बैठकको निर्णय अनुसार रोष्ट्रममा राखिएको प्रतीक (लोगो) र माननीय सदस्यहरुले लगाउँदै आउनुुभएको प्रतीक परिमार्जन हुने छ। बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।