काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिपुलेक र कालापानी समावेश भएको नक्सा नेताहरुको घरघरमा पुर्याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा थापाले नक्सा वितरण गर्नेभन्दा सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् भनी आग्रह गरेका छन्।
थापाले काम नभएका मन्त्रीहरुलाई कोभिड-१९ नियन्त्रणको लागि जिल्लागत जिम्मेवारी दिएर खटाउन पनि उनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।