मुगु- रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको शनिबार रारामा आयोजित कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो। ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा पुगेका थिए। स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला घर्ती बेहोस भएर ढलेका थिए। नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।