• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कोरोनापछिको अटोमोबाइल व्यवसाय : मल्टिब्राण्ड शोरुमको सुरुवात गरौं, अनावश्यक खर्च घटाऔं

कपिल शिवाकोटी आइतबार, जेठ ११, २०७७  ०९:४३
1140x725

काठमाडौं- विश्वभर स्थापित संरचनामा आमूल परिवर्तन ल्याएको कोरोना भाइरसले अटोमोबाइल क्षेत्रमा पनि परिवर्तन ल्याउँदैछ। सवारी बिक्री, यसको परम्परागत शैली र ग्राहकको माग तथा क्षमता सबैमा यसले फेरबदल गराइदिने निश्चित छ। 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा अटोमोबाइल व्यवसायमा तत्काल पर्ने समस्याका विषयमा मैले अघिल्लो साता नेपाल लाइभमा प्रकाशित लेखमा केही चर्चा गरेको छु।

यो पनि पढ्नुहोस्

 

कोरोना कहरमा अटोमोबाइल- बजारबाट नगद उठ्नेछैन, बैंकलाई किस्ता तिर्नै समस्याआइतबार, जेठ ४, २०७७

यस्तो विषम परिस्थितिमा आफूलाई जीवित राख्न सवारी साधन बिक्रेताहरूले कसरी काम गर्नुपर्छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ। 

१. ठूला शोरुमको खर्च घटाउने- समयको मागअनुसार अब भर्चुअल शोरुमको सुरुवात गर्ने र डिजिटल प्याल्ट्फर्मबाट बिक्री प्रकृया पुरा गर्नुपर्ने देखिएको छ। ठूला शोरुम घुम्न ग्राहक नआउने भएकाले शोरुमको आकार घटाएर भाडा कम गरी आय बढाउन सकिन्छ। 

२. मल्टिब्राण्ड शोरुमको सुरुवात गर्ने- नेपालमा आयातकर्ता आफैंले काठमाडौंमा आफ्नो एक्स्क्लुसिभ शोरुम सञ्चालन गर्ने गरेको र त्यसै प्रकारले नेपालका अन्य मुख्य शहरहरूमा पनि त्यस्तै एक्स्क्लुसिभ शोरुमसहितका डिलरहरू सञ्चालन गर्ने गरेको पाइन्छ। तर‚ अहिलेको अप्रत्यासित प्रकोपले गर्दा काठमाडौं बाहिर कार तथा नयाँ मोटरसाइकल खरीद गर्ने ग्राहकको संख्यामा कमी आउने भएकाले यस्तो परिस्थितिमा आयातकर्तासँग समन्वय गरी मल्टिब्राण्ड शोरुम सञ्चालन गर्न दिने व्यवस्था गर्न सकिन्छ। यसो गरेमा डिलरहरूको धेरै खर्च घट्छ तथा डिलर जीवित रहन सक्छन्। 

३. अनावश्यक खर्च कटाउने- व्यवसायीहरू अप्ठ्यारो परिस्थिति आउने बित्तिकै खर्च घटाउनुपर्‍यो भन्न थाल्छन्। वास्तविक रूपमा हेर्ने हो भने सबै खर्च नराम्रा हुँदैनन्। हतार गरेर व्यवसाय सञ्चालनका लागि चाहिने क्षेत्रमा भइरहेका खर्चहरूलाई घटाउनु हुँदैन। भविष्यमा फेरि त्यही क्षेत्र तयार गर्नलाई झन् ठूलो खर्च चाहिन सक्छ। त्यसैले खर्च घटाउनुअघि खर्चको वर्गीकरण गर्नुपर्छ। 

४. डाउन साइजमा कम्पनी चलाउने- अहिलेको परिस्थितिमा अटोमोबाइल व्यवसायी कसैले विभिन्न शीर्षकमा खर्च बढाएर व्यापार विस्तार गर्ने विषयमा सोचेको भए त्यो केवल एउटा दिवा स्वप्नमात्र हुनेछ। यस्तो परिस्थितिमा व्यापार विस्तार गर्नेभन्दा पनि भइरहेको व्यापारलाई कसरी टिकाइराख्ने भन्ने विषय प्रमुख हुन आउँछ। तसर्थ, अबको कम्तिमा एकदेखि दुई वर्षसम्मका लागि व्यवसायमा टिकिरहनु नै ठूलो चुनौति हुनेछ। यस्तो अवस्थामा कम्पनीहरूले जति सक्दो चाँडो कम्पनीका शाखा कार्यालयलाई गाभ्ने र मिलेसम्म एक प्रदेशमा एक कार्यालयमात्र सञ्चालन गर्नेगरी आफूलाई तयार गर्नुपर्ने हुन्छ। शाखा कार्यालय घटाउने, अनुत्पादक क्षेत्रमा र सुपरभाइजरी जिम्मेवारीमा रहेका स्टाफ हटाउने वा अन्य उत्पादनमूलक क्षेत्रमा खटाउने कार्य तुरुन्तै गर्नुपर्छ। समग्रमा कम्पनीहरूले आफूलाई मिल्नेसम्म डाउनसाइज गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

५. डिलर मनिटरिङ र सञ्चालनको फरक तरिका अपनाउनुपर्ने- पहिलेजस्तो सहरैपिच्छे डिलर खोल्दै जाने अवस्था अब रहेन। डिलरहरूको आर्थिक अवस्था र घट्दो बिक्रीको अवस्था हेरेर भएका डिलरहरूलाई कसरी टिकाउन सकिन्छ भनेर सोच्ने समय आइसकेको छ। साथै, पहिलेजस्तै वार्षिकरूपमा बजार प्रक्षेपण गर्ने र त्यसैको आधारमा मासिक लक्ष्य निर्धारण गरेर डिलरहरूकोमा गाडीहरूको इन्भेन्ट्री थोपर्ने आयातकर्ता र डिलरबीचमा हुने गरेको यस्तो बिक्री प्रकृयालाई तुरुन्त बन्द गरी रिटेल पुल मोडेलमा काम गर्नुपर्छ। डिलरहरूको रिटेल नभई अर्को गाडी डिलरहरूलाई दिनु हुँदैन। डिलर एक्लैलाई रिटेलको जिम्मा दिएर आयातकर्ताका कर्मचारीहरू उम्किन पाउने अवस्था सिर्जना हुनु हुँदैन। यो नै डिलरहरूलाई बचाउने एकमात्र आधार हुनेछ। 

६. ध्यान दिनुपर्ने अन्य क्षेत्रहरू- आयतकर्ता र डिलरहरू दुवैले अहिलेको विषम परिस्थितिमा मुख्यगरी ध्यान दिनुपर्ने अन्य क्षेत्रहरूलाई बुदाँगतरूपमा यसरी उल्लेख गर्न सकिन्छ: 

क) अत्यावश्यक संख्यामा मात्र इन्भेन्ट्री राख्ने। 
ख) समस्या पर्‍यो भनेर ओभर क्यासफ्लो नराख्ने, आवश्यक क्यासफ्लोको राम्रोसँग योजना बनाउने। 
ग) गाडी बिक्रीलाई मात्र आयको मुख्य साधनको रूपमा लिनुहुँदैन, कार एसेसरिज बिक्री, एएमसी बिक्री, स्पेस्लाइज्ड मेन्टेनेन्स सर्भिसेजहरूको बिक्रीमा पनि ध्यान दिनुपर्ने।
घ) जति सकिन्छ ऋणको ब्याज घटाउन पहल गर्ने। 
ङ) शोरुम तथा वर्कशपको लागि कमभन्दा कम क्षेत्र उपयोग गरी त्यसमा लाग्ने भाडाको खर्च घटाउनेतlर ध्यान दिनुपर्ने। 

कोरोनाको प्रकोपले अटोमोबाइल व्यवसायमा ठूलो नकरात्मक प्रभाव परेको छ। यसले कम्पनीको संरचनागत परिवर्तन गर्न र डिजिटलाइजेसनमा अगाडि बढ्ने अवसर पनि देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी हेर्दा कोरोनाको प्रकोपले अटोमोबाइल व्यवसायमा ठूलो नकरात्मक प्रभाव परेको छ। यसले कम्पनीको संरचनागत परिवर्तन गर्न र डिजिटलाइजेसनमा अगाडि बढ्ने अवसर पनि देखिएको छ। कोभिड-१९ को प्रकोप कम हुँदै गएपछि सबैभन्दा पहिले सुधार हुने क्षेत्र ग्रामीण क्षेत्र हुनेछ भने त्यसपछि अलि ठूला सहरहरू र अन्तिममा प्रदेश तथा केन्द्रको राजधानी क्षेत्रमा सुधार हुनेछ। 

तसर्थ, आजैदेखि व्यावसायिक बनाउँदा आयातकर्ता डिलरहरूले सोहीअनुसार बनाउनुपर्ने देखिन्छ। कोरोनाको समस्या कम हुँदै गएपछि दुई चक्के साधनहरूको सबैभन्दा धेरै माग सिर्जना हुने अनुमान गर्न सकिन्छ भने त्यसपछि 'इकोनोमी क्लास'का कार र इलेक्ट्रिक भेइकलको माग आउनेछ। 

विदेशबाट फर्किने नेपालीहरू बढी मात्रामा स्वरोजगार हुने काममा लाग्ने हुँदा साना ढुवानीका साधनको माग २/३ महिनापछि बढ्न सक्छ। त्यसैगरी स्कूल बस र सार्वजनिक बसको माग तुरुन्तै आउने सम्भावना देखिँदैन। तर 'सोसल डिस्टेन्सिङ'को कारणबाट बसहरूमा अहिले भइरहेको सिटभन्दा बढी संख्यामा सिटहरूको आवश्यकता पर्न सक्छ। जसले गर्दा यो क्षेत्रमा पनि करिब ६/७ महिनापछि माग बढ्न सक्छ। तर अहिले लकडाउन खोलिएका केही विकसित देशको सार्वजनिक यातयातको अवस्था हेर्दा मानिसहरूले सोसल डिस्टेन्सिङको नियम पालना गरेको देखिएको छैन। तसर्थ, सार्वजनिक यातायातको क्षेत्रमा खासै आशा गर्ने ठाँउ छैन।

(शिवाकोटी नाडा अटोमोबाइल्स एसोसिएसनका कार्यसमिति सदस्य हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्