• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कोरोना कहरमा अटोमोबाइल- बजारबाट नगद उठ्नेछैन, बैंकलाई किस्ता तिर्नै समस्या

64x64
कपिल शिवाकोटी आइतबार, जेठ ४, २०७७  ०९:०८
1140x725
फोटोः archdaily.com

हाल विश्वमा चलिरहेको कोराना भाइरसको माहामारीले विश्व अर्थतन्त्रलाई पूरै तहसनहस पारिरहेको छ। विश्व अर्थतन्त्र लगभग ८ प्रतिशतले झर्ने अनुमान गरिएको छ। महाशक्ति राष्ट्रसमेत कोभिड १९ भाइरसको प्रभावमा परेर सम्हालिन सकिरहेका छैनन्।

उद्योग तथा व्यापारका प्राय सबै क्षेत्र प्रभावित छन्। संसारका २१२ देशहरू कोरोनाको प्रकोपबाट गुज्रिरहेका छन्। भविष्यमा विश्व अर्थतन्त्रको अध्ययन गर्दा कोरोनाअघि र कोरोनापछिको अर्थतन्त्र भनेर अध्ययन गरिने छ भन्दा अत्युक्ति नहोला। त्यसैगरी मानिसहरूको समाजिक व्यवहार, हिँड्ने, डुल्ने, खाने, मनोरञ्जन गर्ने सबै कृयाकलापमा पनि कोरोनापछि र कोरोनाअघि भनेर छुट्याइने छ। औषधि के हो भनेर पत्ता नलालेसम्म कुनै न कुनै रूपको लकडाउनको पालना गर्नु हाम्रो अभिन्न ब्यवहार हुनेछ।

विश्व अर्थतन्त्रमा कोरानाले पारेको प्रभावले अटोमोबाइल क्षेत्र पनि अछुतो रहने छैन। विश्वका प्रायः फ्लाइटहरू बन्द छन्। सवारी साधनको सञ्चालन ९५ प्रतिशत बन्द अवस्थामा छन्। संसारभरका हरेक राष्ट्रले आफ्ना नागरिकलाई घरैमा बस्न अनुरोध गरेका छन् र अत्यावश्यक कामले निस्किनु परे पनि स्वास्थ्य सावधानी अपनाएर तथा सामाजिक दूरी कायम गरेर मात्र घरबाट बाहिर निस्किन आग्रह गरेका छन्।

अटोमोबाइल क्षेत्रका प्रायः उद्योगहरू बन्द छन् भने केही थोरै क्षमतामा सञ्चालित छन्। यस्तो विषम परिस्थितिमा कोरोनाको औषधि पत्ता नलागेसम्म स्वास्थ्य सावधानी अपनाएर र सामाजिक दूरी कायम गरेर जीवनलाई अगाडि बढाउनुको विकल्प देखिँदैन। अब विस्तारै विभिन्न देशहरूले लकडाउनलाई खुकुलो पार्दै जाने छन् र मानिसहरूको दैनिक कृयाकलापहरू पनि बढ्दै जानेछ।

यस्तो परिस्थितिमा कोरोनाको प्रकोप सुरु हुनुभन्दा अघिको अवस्थामा पक्कै पनि अटोमोबाइल व्यवसाय सञ्चालन हुने छैन। यो प्रकोपको अन्त्य हुने समयसम्म थुप्रै अटोमोबाइल ब्यवसायीहरू पलायन पनि भइसक्ने अनुमान लगाउन सकिन्छ। यस व्यवसाय गर्ने कम्पनीहरूले यस्तो अप्ठ्यारो समयमा आफ्नो व्यवसायलाई जीवित राख्नलाई केही कदमहरू चाल्नैपर्ने हुन्छ। यस लेखमार्फत त्यही विषयलाई बुँदागतरूपमा प्रष्ट्याउने प्रयास गरिएको छ।

१. ग्राहकको ब्यवहारमा आउने परिवर्तन- अबका दिनमा ग्राहकहरूले सार्वजनिक सवारी साधनमा समूहमा यात्रा गर्नुभन्दा निजी सवारी साधनमा यात्रा गर्न रुचाउने छन्। यसले निजी सवारी साधनको मागमा बृद्घि हुने सम्भावना छ। तर नेपालमा सबैभन्दा सस्तो सवारी साधनको मूल्य नै लगभग २० लाख रूपैयाँबाट सुरु हुने र नेपाल राष्ट्र बैंकको नियमानुसार ५० प्रतिशत मात्र बैंकबाट लगानी गर्ने हुँदा नयाँ सवारी साधनभन्दा पुराना गाडीहरूको कारोबार बढ्ने देखिन्छ। अझै भन्नुपर्दा कारहरूको भन्दा पनि मोटरसाइकल र स्कुटरको माग धेरै हुने सम्भावना देखिन्छ। कार वा मोटरसाइकल/स्कुटरमा पनि 'इकोनोमी सेग्मेन्टको' र पाएसम्म इलेक्ट्रिक गाडीको माग बढ्ने देखिन्छ।

समग्रमा भन्नुपर्दा, पहिलेदेखि कार चढिरहेका मानिसहरू तुरुन्तै उक्त गाडीलाई छोडेर नयाँ गाडीमा खर्च गर्ने छैनन् भने अबका दिनमा 'फष्ट टाइम बायर' ग्राहकको संख्या जम्मा ग्राहकको संख्याको ४५ प्रतिशतदेखि ५० प्रतिशतसम्म हुने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. गाडीको बिक्री प्रकृयामा आउने परिवर्तन- एक अध्ययनले देखाएअनुसार पहिले मानिसहरू सवारी खरीद गर्नुभन्दा अगाडि विभिन्न कम्पनीका शोरुम घुम्ने र त्यसपछि टेक्निकल स्पेसिफिकेसनको लागि मात्र अनलाइन (डिजिटल प्ल्याटफर्म)मा खोज्ने गरेको पाइएको छ। तर अब भने मानिसहरू स्वास्थ्यलाई जोखिममा राखेर शोरुम घुम्ने छैनन्। केवल प्राविधिक विषयलाई मात्र नभएर गाडी किन्नु अगाडिको सम्पूर्ण प्रकृयाहरू, नेगोसिएसन, फाइनान्सिङ प्रक्रिया आदि सबै अनलाइनबाट नै पूरा गरेर गाडी डेलिभरीको लागि मात्र शोरुम जानेछन्।

साथै, कोरोनाको कारणले ग्राहकहरूको प्राथमिकतामा परिवर्तन ल्याउने छ। भरसक त कार या बाइकमा खर्च नै गर्ने छैनन् र गर्नै पर्‍यो भने पनि धेरै विचार गरेर मात्र निर्णय लिने छन्। गाडी बिक्री गर्ने शोरुमहरूमा ग्राहकको उपस्थिति कम हुनेहुँदा बिक्रीमेनको प्रभाव थोरै पर्ने हुन्छ। यसले गर्दा शोरुमहरूले ग्राहकलाई इन्क्वारी लेबलबाट इन्ट्री गराएपछि फाइनल डेलिभरी हुने समय पहिले २० देखि २५ दिन रहेकोमा त्यो बढेर ४५ देखि ६० दिनसम्म पुग्ने देखिन्छ। बिक्री प्रक्रिया लम्बिने छ।

३. विज्ञापनमा हुने परिवर्तन- ग्राहकहरूले शोरुम भिजिट कम गर्ने, घरबाहिर पनि कम निस्किने तथा पार्टी जमघट आदिमा पनि सहभागी नहुने र ग्राहकले आफ्नो निर्णय प्रक्रियामा डिजिटल प्ल्याटफर्म धेरै प्रयोग गर्ने भएकाले कोरोनाको प्रकोपअघि गरिएको विज्ञापन गर्ने प्रकृयामा पनि परिवर्तन ल्याउन सवारी साधन बिक्रेताहरूको बाध्यता हुनेछ। पहिले अन्य विज्ञापनका अन्य साधनहरूलाई बढी प्रयोग गरी डिजिटल माध्यमलाई थोरै प्रयोग गर्ने गरेकोमा अब भने डिजिटल मुख्य माध्यम हुनेछ।

४. भर्चुअल शोरुमको सुरुवात- सयमको मागसँगै अब सवारी साधन बिक्रेताहरूले निश्चित सयमा खोल्ने शोरुमहरूको सट्टा भर्चुअल शोरुमको सुरुवात गर्नु आवश्यक छ। ग्राहकहरूको व्यवहारमा आएको परिवर्तनसँगै ग्राहकहरू शोरुम भिजिट गर्न नजाने र डिजिटल प्याल्टफर्मबाट नै शोरुमबाट पाउने सुविधा खोज्ने भएकोले भर्चुअल शोरुमको आवश्यकता देखिएको छ। साथै, ग्राहकहरूले अनलाइनबाट गरिने सर्च कुन समयमा गर्ने भन्ने बाध्यता नभएको हुँदा २४ सै घण्टा सञ्चालन हुने भर्चुअल शोरुमहरूको स्थापना र सञ्चालनको आवश्यकता देखिएको छ।

Xtrem

Xtrem

५. पूर्णरूपमा डिलर डिजिटलाइजेसनमा जानुपर्ने बाध्यता- नेपालका धेरै सवारी साधन बिक्रेताहरूले केही दिनअघिसम्म केवल आफ्नो एकाउन्टिङ प्रक्रियाको लागि मात्र डिजिटल प्रक्रिया प्रयोग गरिरहेकोमा अब खरिद तथा बिक्री प्रक्रियाको सबै कामसमेत डिजिटल प्रक्रियाबाट गर्नुपर्ने बाध्यता बढेको छ। ग्राहकसमेत भौतिकरूपमा उपस्थित नभई गरिने बिक्री प्रक्रियालाई रुचाउने भएकोले कोरोनाको लागि गरिएको लकडाउन पछिको अवस्थामा जुन सवारी बिक्रेता आफूलाई पूर्णरूपले डिजिटलाइज्ड गरेर अगाडि ल्याउन सक्छ, उसैले बाजी मार्ने निश्चित छ। यस क्षेत्रमा सवारी साधन बिक्रेताहरूले अबको लगानी बढाउने पर्ने आवश्यकता छ। 

६. बिस्तारै र दुःखदायीरूपले हुने रिकभरी- कोरोना भाइरसले अर्थतन्त्रलाई यती धेरै अप्ठ्यारो पारेको छ कि यसले सबैको प्राथमिकमा परिवर्तन ल्याएको छ। व्यवसाय गर्ने मानिसहरूको आयमा ह्रास आएको छ भने धेरै मानिसहरूले जागिर गुमाउनु परेको छ। थोरै भएको कमाइले सबै कुरा व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ। यस्तो अवस्थामा सवारी साधन बिक्रेताहरूको बजारमा दिएको उधारो उठाउने प्रक्रिया धेरै नै ढिलो हुनेछ। धेरै ग्राहकहरूबाट त उधारो उठ्ने सम्भावना पनि कम हुनेछ। उधारो उठे पनि यो निकै कष्टपूर्ण हुनेछ र यसले गर्दा सवारी साधन बिक्रेताहरूको क्यासफ्लो म्यानेजमेन्टमा निकै ठूलो असर पर्ने छ र बिक्रेताहरूले बैंकलाई तिर्नुपर्ने ब्याजमा धेरै खर्च गर्नुपर्ने हुनसक्छ।

सवारी साधन बिक्रेताहरूले आफूलाई संरचनागतरूपमा नै परिवर्तन ल्याउनुपर्ने देखिन्छ। चलिरहेको कम्पनीलाई संरचनागत परिवर्तन ल्याउनुपर्‍यो भने ३ देखि ५ वर्षसम्म लाग्नसक्छ तर अहिले कोरोनाको कारणले व्यवसाय ठप्प छ र लकडाउन पछाडि पुनः सुरु गर्दा भरखर व्यवसाय सुरु गरेको जस्तै गरी संरचनागत परिवर्तन गरेर काम गर्न सकिन्छ।

(शिवाकोटी नाडा अटोमोबाइल्स एसोसिएसनका कार्यसमिति सदस्य हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ०९:०८
  • #अटोमोबाइल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कपिल शिवाकोटी
लेखकबाट थप
कोरोना कहरमा अटोमोबाइल- बजारबाट नगद उठ्नेछैन, बैंकलाई किस्ता तिर्नै समस्या
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्