काठमाडौं- सरकारले मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा दिने बिदाको दिन सच्याएको छ। जेठ ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यसअघि आइतबार (आज) लागि तोकिएको बिदा अब सोमबार (भोलि) का लागि तोकिएको छ।
गृहमन्त्रालयले शनिबार बिदाको मिति सच्याइएको सूचना प्रकाशित गरेको छ।
आइतबारका दिन सार्वजनिक बिदा घोषणा गरिएकोमा नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएको कारण उक्त पर्व १२ गते मनाउने निर्णय भएको र सो बमोजिम सार्वजनिक बिदानका लागि मुस्लिम आयोगबाट अनुरोध भई आएको हुँदा बिदा सच्याइएको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।