काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको सूचीमा भारत ११औं स्थानमा छ।
भारतभन्दाअघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, ब्राजिल, रुस र अमेरिका छन्।
भातरमा ३ हजार ८ सय ६८ जनाको कोरोना संक्रमणपछि निधन भएको छ। त्यहाँका संक्रमितमध्ये ५४ हजार ३ सय ८५ अहिले संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ५२ लाख ८८ हजार संक्रमित, ३ लाख ४० हजारको मृत्यु
विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएका छन्।
त्यस्तै, रुसमा ३ लाख ३५ हजार ८ सय ८२, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५८ हजार ५ सय ४, स्पेनमा २ लाख ३५ हजार २ सय ९०, इटालीमा २ लाख २९ हजार ३ सय २७, फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। आइतबार बिहानसम्म त्यहाँ ९७ हजार ४८ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३६ हजार ७ सय ५७, इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।
विश्वभर २१ लाख २ हजार ५ सय ५७ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेहरुमध्ये अमेरिकामा ३ लाख ६१ हजार २ सय ३९, जर्मनीमा १ लाख ५९ हजार ७ सय १६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३८ हजार ८ सय ४०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा भने ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ८९ जना संक्रमणमुक्त भइसकेका छन्। साथै, ३ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।