काठमाडौं- भाइरसको संक्रमण ४० जिल्लामा पुगेको छ। नयाँ ३६ जनासहित कुल संक्रमित ५८४ पुगेका छन्।
हालसम्म सबैभन्दा धेरै प्रदेश- ५ मा रहेका छन्। प्रदेश ५ पछि प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेका छन्।
प्रदेश- २ पछि प्रदेश- १ र बागमती प्रदेशमा धेरै संक्रमितको संख्या रहेको छ।
यस्तो छ प्रदेशको तथ्यांक
प्रदेश | संक्रमित संख्या |
१ | ८६ |
२ | १७२ |
बागमती | ३२ |
गण्डकी | ५ |
५ | २७१ |
कर्णाली | ३ |
सुदूरपश्चिम | १४ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।