• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
वातावरणीय परिवर्तनले निम्त्याएको कोरोना महामारी
डा इन्दिरा पराजुली शनिबार, जेठ १०, २०७७  १८:२६
1140x725

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमणले हाल विश्वव्यापी माहामारीको रुप लिएको छ। कोरोना भाइरसलाई वातावरणीय परिवर्तनले सजिलै उत्परिवर्तन (म्युटेसन) गराउने हुँदा बेलाबेलामा यसका नयाँनयाँ प्रजाति (मर्स, सार्स कोभ–१, सार्स कोभ–२) को विकास भई विभिन्न खालका श्वासप्रश्वास सम्बन्धी रोगहरु लगाउने र मानिसको मृत्युसम्म गराउने देखिएको छ। 

भाइरसले परिवर्तनशील वातावरणमा आफूलाई अनुकुलित बनाइराख्नका निम्ति नयाँनयाँ गुण भएका भाइरसका प्रजातिहरुलाई उत्पादन गर्छ। वातावरण परिवर्तनले भाइरसको वंशाणुगत तत्वमा उत्परिवर्तन गराउँछ, जसका कारण भाइरसको विविधीकरणमा सहयोग गर्छ।

हालैका दशकहरुमा अनेकौं खालका रोगहरु जनावरबाट आयातित  (जुनोटिक) भई मानव समुदायमा महामारीको रुप लिएको पाइन्छ। जसमा इबोला, बर्ड फ्लु, स्वाइन फ्लु, मर्स फ्लु, सार्स फ्लु, जिका लगायत हाल महामारीको रुप लिएको कोभिड–१९ सम्म आउँदा हजारौं मानिसको मृत्यु लगायत अर्बौं आर्थिक क्षति व्यहोर्न बाध्य बनाएको छ। त्यसैले यसको बारेमा चर्चा, अध्ययन, अनुसन्धान गर्न आवश्यक देखिएको छ। यस परिवेशमा जलवायु परिवर्तन, पारिस्थितिक प्रणालीको असन्तुलनसँगै भाइरसमा हुने उत्परिवर्तन र संक्रमणका लागि अनुकुलित वातावरणका बारेमा चर्चा गर्न आवश्यक देखिएको छ। 

जन्मँदै लिएर आएको रोग प्रतिरोधात्मक शक्ति व्यक्ति–व्यक्ति, जाति–जातिबीच फरकफरक हुन्छ। यसरी प्रतिरोधात्मक शक्ति प्राकृतिक रुपमा प्राप्त गरेको शारीरिक, जैविक तथा रासायनिक  विविधता नै जिम्मेवार हुन्छन्। जनावरहरु र मानिस फरकफरक जाति हुन्। त्यसैले वंशाणुगत तत्वको बनावट फरकफरक हुनाले साधारणतया मानिसलाई लाग्ने रोगहरु जनावरमा सर्दैनन्। जस्तैः टाइफाइड, हैजा, भिरिङ्गी आदि।

यसरी नै जनावरलाई लाग्ने रोगहरु साधारणतया मानिसमा लाग्दैनन्। यो रोग प्रतिरोधात्मक शक्तिलाई स्पेसिज (जातीय) इम्युनिटी भनिन्छ। तर प्राकृतिक यस नियमका विपरीत जनावरबाट आयातित रोगहरुको महामारीले विश्व आक्रान्त भइरहेको वर्तमान अवस्थामा मानिस जन्मँदै जातीय रोग प्रतिरोधात्मक शक्ति हुँदाहुँदै यस्ता रोगबाट के कारणले र कसरी संक्रमित भैरहेका छन् भन्नेबारे विवेचना गर्न आवश्यक देखिएको छ। 

धेरैजसो अध्ययनका अनुसार विभिन्न भौगोलिक अवस्थितिमा भएको जलवायु परिवर्तनसँगै जनावरबाट भाइरस अनुकुलित वातावरण सिर्जना भई मानिसमा संक्रमण फैलनसक्ने जनाएका छन्। जस अन्तर्गत क्रमशः 

  •     जनावर आश्रयस्थल (होस्ट) मा भाइरसको वितरणमा घटबढ हुने, 
  •     भाइरसको गुणमा परिवर्तन आउने, 
  •     फैलावटको तरिकामा परिवर्तन आउने र 
  •     जनावरबाट मानिसमा अनुकुलतामा वृद्धि हँुुदै जानु आदि पर्छन्। 

त्यसैगरी विश्वव्यापी तापमानमा भएको वृद्धि, जनसंख्यामा भएको एकनासको वृद्धिसँगै सामाजिक तथा आर्थिक विकासको घट्दो दरका कारण जनावरबाट मानिसमा रोग सर्ने र त्यसले महामारीको रुप लिने सम्भावना १.६३ गुणाले वृद्धि भएको अध्ययनहरुले देखाएका छन्।  

Ncell 2
Ncell 2

हाम्रो वातावरणमा कोरोना भाइरस जताततै रहेका हुन्छन्। सन् १९३७ मा पहिलो कोरोना भाइरस पत्ता लागेको थियो। मानिसलाई रुघाखोकी लगाउने भाइरसमध्ये राइनो भाइरसपछिको दोस्रो कारण कोरोना भाइरस हो। कोरोना भाइरसले रुघाखोकी बाहेक विरलै मात्रामा अन्य सिकिस्त हुने रोगहरु लगाउँछन्। थोरैले मानिसमा र धेरैले जनावरमा (क्यामेल, बिरालो, मुसा, बंगुर, गाईवस्तु, कुकुर) रोग लगाउने गर्छन्। पहिलो मानिसमा संक्रमण गराउने कोरोना भाइरस सन् १९६० को दशकमा रुघाखोकीका बिरामीबाट पत्ता लगाइएको थियो। विश्वव्यापी रुघाखोकीमध्ये १० देखि ३० प्रतिशत कोरोना भाइरसको कारणले हुने गर्छ।

पारिस्थितिक प्रणालीमा भएको ह्राससँगै भएको परिवर्तनले मानवका लागि हानिकारक जीवाणुहरु जनावरबाट मानिसमा सर्न सक्ने अवसर प्रदान गर्‍यो। औसतमा प्रत्येक ४ महिनामा यस प्रकारका संक्रामक रोगहरुको उत्पति हुने गरेका छन्।

कोरोना भाइरसको आश्रयस्थल जनावर हो र यसले जनावरलाई संक्रमण गर्दछ। यस प्रकारको संक्रमण साधारणतया जनावरबाट जनावरमा सर्ने गर्छ। तर जलवायु परिवर्तनको असरसँगै पछिल्लो समयमा आएर यी भाइरसहरुमा उत्परिवर्तन हुनाले जनावरबाट मानिसमा सर्ने, मानिसबाट मानिसमा सर्ने र यसको कारण मानिसलाई मृत्यु समेत गराउने गर्छ।

सन् २००३ मा फैलिएको सार्स रोग सार्स कोभ–१ नामक कोरोनाको नयाँ प्रजातिले गराउँदा २९ देशका ८०९६ मानिसमा संक्रमण फैलिएको र जसमध्ये ७७४ जनाको (१० प्रतिशत) को मृत्यु भएको थियो। त्यसैगरी सन् २०१२ मा मर्स रोगका कारण २७ देशका २४९४ संक्रमित भई ८५८ (३० प्रतिशत) जनाको मृत्यु भएको थियो। 

विगतमा फ्लु भाइरसझैं फैलिएको मर्स कोभ र सार्स कोभ भाइरसहरु जुन अरु थाहा भएका भाइरसभन्दा वंशानुगत वस्तुमा फरक भएका र सार्स कोभ भाइरस सिभेट प्रजातिका बिरालोबाट मानिसमा पहिलोपटक सरेको साथै चमेरामा समेत यसको मुहानको रुपमा रहेको पाइएको थियो। मर्स कोभ पनि उँटहरुबाट मानिसमा सरेको पाइएको छ। हाल देखापरेको कोभिड–१९ भाइरस चमेरा, प्याङगोलिनजस्ता स्तनधारी जनावरबाट मानवमा सरेको हुनसक्ने कुरा हालसम्मको वैज्ञानिक अध्ययनले जनाएको छ।   

यसै सन्दर्भमा सन् २०१६ मा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) ले जनावरबाट आयातित भाइरसको विश्वव्यापी महामारीलाई विशेष मुद्दाको रुपमा लिएको थियो। मानिसमा देखिएका नयाँ खालका संक्रमिक रोगहरुमध्ये ७५ प्रतिशत रोग वास्तममा जनावरमा हुने रोगहरु भए तापनि मानिसमा आयातित भई रोग लगाउने हुनाले यस्ता रोगको सम्बन्ध कुनै न कुनै रुपले पारिस्थितिक प्रणालीको अवस्थासँग जोडिएको हुन्छ। 

मानव क्रियाकलाप र पारिस्थितिक प्रणाली  
पृथ्वीमा मानव जीवनको उत्पतिसँगै विभिन्न किसिमका असंख्य जीव, विशाक्त जीवाणु एवं परजीवीहरु अस्तित्वमा रहेका छन्। प्रकृतिमा हजारौं प्रकारका पारिस्थितिक प्रणाली रहेका छन्। जस्तैः जल, जमिन, जंगलमा फरकफरक प्रकारका पारिस्थितिक प्रणाली पाइन्छन् र यी एकआपसमा अन्तरनिहित हुन्छन् र साधारणतया सन्तुलित अवस्थामा रहेका हुन्छन्। कोइलाजन्य इन्धनको अत्यधिक प्रयोग, वनजंगल फडानी, अत्यधिक भौतिक संरचना विस्तार, व्यापक औद्योगिकीकरण लगायतका प्रकृतिमाथिको बढ्दो दोहनका कारण यस प्रकारका पारिस्थितिक प्रणालीमा असन्तुलनका कारण बेलाबेलामा नयाँनयाँ रोगहरुको महामारी फैलिएको पाइन्छ।      

युनेपको प्रतिवेदनका अनुसार जनावरबाट प्राकृतिक रुपमा मानिसमा सर्ने संक्रामक जीवाणुहरु अवसरवादी र फष्टाउने खालका हुन्छन्। जब वातावरण, जनावर, मानव आश्रयस्थलमा परिवर्तन आउँछ। त्यसैले स्वयं जीवाणुहरुमा पनि परिवर्तन आउँछ। बितेको शताब्दीमा भएको अत्यधिक जनसंख्या वृद्धि र जैविक विविधता एंव पारिस्थितिक प्रणालीमा भएको ह्राससँगै भएको परिवर्तनले मानवका लागि हानिकारक जीवाणुहरु जनावरबाट मानिसमा सर्न सक्ने अवसर प्रदान गर्‍यो। औसतमा प्रत्येक ४ महिनामा यस प्रकारका संक्रामक रोगहरुको उत्पति हुने गरेका छन्।

वातावरणीय परिवर्तन 
मानवीय क्रियाकलापहरुले नै वातावरणमा परिवर्तन गर्छ। मानवीय असीमित आवश्यकताहरुलाई पूर्ति गर्नका निम्ति जमिनको प्रयोगलाई बदलिरहेको हुन्छ। जस्तैः जंगल फडानी गरी कृषिभूमिमा परिणत गर्ने, कृषियोग्य जमिनमा वस्ती विस्तार, औद्योगिक विस्तार, भौतिक संरचना विस्तार, आदिका कारण जंगली जनावरको वासस्थान समेतलाई टुक्र्याएर मानव भीडले छोप्दै जान्छ। जसले गर्दा एकातिर मानव र जनावरलाई छुट्याउने प्राकृतिक छेकवार (वफर क्षेत्र) नास हुँदै जान्छ भने अर्कातर्फ जनावरको बासस्थान पनि अस्थित्वविहीन हुँदै जान्छ। यसरी प्राकृतिक वफर क्षेत्र नास हुँदै जाँदा मानव र जनावरबीचको निकटतम दूरी एंव अनुकुलित वातावरणका कारण संक्रमण गराउने जीवाणु सजिलै जंगली जनावरबाट मानिसमा सर्ने अवसर मिल्छ।  

साधारणतया अत्यधिक मात्रामा वायुमण्डलमा उत्सर्जन भएका हरित गृह ग्यासहरुको कारणले जलवायु परिवर्तन हुने क्रमलाई तिब्रता दिएसँगै वातावरणीय असरलाई गम्भीर बनाएको छ। यसरी तापमान, आद्र्रता, मौसममा भएको परिवर्तनले गर्दा जीवाणु अनुकुलित वातावरणको सिर्जना हुन पुगी जीवाणु सक्रिय हुन सक्छ। विगतका घटनाक्रमले पनि के प्रमाणित गर्छ भने यस प्रकारको निरन्तर भएको जलवायु परिवर्तनसँगै माहामारी बारम्बार दोहोरिने क्रम बढिरहने छ। तीव्र रुपमा भएको जलवायु परिवर्तनसँगै न्यून स्रोतमा लुछाचुँडीको चुनौती थपिएसँगै जनावरबाट आयातित रोगहरु फैलने दरले तीव्र रुप पाउने खतरा थपिँदै गएको छ।  

जीवाणुको आश्रयस्थल (होस्ट) परिवर्तन
दोस्रो विश्वयुद्धपछिको विश्वव्यापी रुपमा भएको विकाससँगै बसाइसराइ, सहरीकरण, खानपानमा भएको परिवर्तन, व्यापारीकरण जस्ता मानवीय क्रियाकलापको असरले मानव तथा जनावरमा आश्रित जीवाणुहरुमा समेत परिवर्तन हुँदै आएको छ। मुख्यगरी विकासोन्मुख देशहरुको आर्थिक वृद्धिसँगै भएको सहरकेन्द्रित बसाइसराइ बढेको छ। साथै बढ्दो जनसंख्याको कारणले सहरमा मासु तथा दूधजन्य पदार्थको माग बढ्दो छ।

हाल विश्वमा ५० वर्ष अगाडि भन्दा ४ गुणा मासु उत्पादन हुने गर्दछ भने दूध उत्पादन २ गुणाले बढेको देखिन्छ। जसमध्ये बंगुरको मासु बढी प्रख्यात छ भने कुखुराको उत्पादन अत्यधिक बढिरहेको छ। एक जना व्यक्तिले औसतमा वार्षिक ४३ केजी मासु खाने तथ्यांकले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म पुग्दा यो दर ४५.३ केजी प्रतिव्यक्ति पुग्ने आकलन गरेको छ र यसका कारण सहरका आसपासका क्षेत्रहरुमा खेतीपाती र पशुपालन व्यवसाय बढेसँगै जनावरबाट आयातित रोगहरुको जोखिम बढ्दै गएको छ। किनकी घरपालुवा पशुपक्षीको बढ्दो उत्पादनले हरितगृह ग्यासहरुको उत्सर्जनसँगै बढ्दै गएको विश्व तापमान (ग्लोबल वार्मिङ) वृद्धिले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छ।

पशुपालन व्यवसायले वन्यजन्तु तथा मानव संक्रमणबीच इपिडेमिओलोजिकल पुलको भूमिका खेल्छ। यसको ज्वलन्त उदाहरण एभियन इन्फ्लुएन्जालाई लिन सकिन्छ, जहाँ यसको भाइरसले पहिला जंगली चराबाट घरपालुवा कुखुरा हुँदै मानिसमा संक्रमण फैलाएको थियो। जंगली जनावरको मासु खाने क्रमसँगै जनावरबाट सिधै मानिसमा संक्रमण हुने सम्भावना बढेर जान्छ। जस्तैः सिभेट बिरालोको मासु खाँदा सार्स, गोरिल्लाबाट इबोला आदिको संक्रमणलाई लिन सकिन्छ। 

मानिसमा लाग्ने करिब ६० प्रतिशत संक्रामक रोगहरु जनावरबाट आयातित छन् भने यसको करिब ७५ प्रतिशत नयाँ संक्रामक रोगहरु पर्दछन्। जनावरबाट आयातित रोगहरु मानवका क्रियाकलापमा प्रत्यक्ष सरोकारका हुन्छन्। पश्चिम अफ्रिकाका जंगल विनासका कारणले जंगली जनावरहरु मानव वस्तीको सम्पर्कमा आएकाले इबोला भाइरस माहामारीका रुपमा फैलिएको थियो। त्यसैगरी एभियन इन्फ्लुएन्जा अत्यधिक कुखुरा पालनसँगै देखापर्‍यो भने निपह भाइरस मलेसियामा बढ्दो सँुगुर पालन तथा फलफूल उत्पादनका कारण फैलन पुग्यो। 

संक्रामक जीवाणुमा परिवर्तन
जब वातावरण, जनावर, मानव आश्रयस्थलमा परिवर्तन आउँछ, त्यसले क्रमिक रुपमा स्वयं जीवाणुहरुमा पनि परिवर्तन ल्याउँछ। संक्रामक जीवाणुहरुमा हुने वंशाणुगत वस्तुको उत्परिवर्तनले नयाँ आश्रयको प्रयोग गरी नयाँ वातावरणमा बाँच्न सक्ने बनाउँछ। यसरी जीवाणुहरुलाई अनुकुलित वातावरण सिर्जना भएसँगै जनावरबाट मानिसमा र मानिसबाट मानिसमा जीवाणुहरुको संक्रमण फैलिन गई महामारीको रुप लिने गर्छ। 

पारिस्थितिक प्रणाली (इकोसिस्टम) को अवस्था र मानवीय स्वास्थ्य 
विविध प्रजातिहरुको रोग फैलावट रोक्न पारिस्थितिक प्रणालीको अन्तरनिहित लचकता र अनुकुलित वातावरणले सहयोग गरिरहेको हुन्छ। जति बढी जैविक विविधता भयो उति नै जीवाणुहरुलाई रोग फैलाउन गाह्रो हुन्छ। तथापि, मानवीय क्रियाकलापका कारण घट्दै गएको जैविक विविधताले गर्दा खल्बलिएको पारिस्थितिक प्रणालीका कारण यस प्रकारका घातक जीवाणुहरुको संख्या वृद्धिका लागि अनुकुलित वातावरण सिर्जना हुँदै जान्छ। जस्तैः वंशानुगत विविधताले जनावरलाई प्राकृतिक रुपमै रोगसँग प्रतिकार गर्ने क्षमता प्रदान गरेको हुन्छ। तर अत्यधिक मात्रामा घरपालुवा जनावर पाल्दा सबै बथानमा एकै किसिमको वंशानुगत विकासको सम्भावना बढी हुन्छ। जसको कारण जंगली जनावरबाट जीवाणुहरु घरपालुवा जनावरमा सर्ने दर बढ्छ।

त्यसैगरी जति विविधता बढी भयो त्यति नै रोग सार्ने माध्यमको नियमित स्रोतको रुपमा आश्रयस्थल कम प्रभावकारी हुने र कम विविधतासँगै नियमित स्रोतको आश्रयस्थलले बढी प्रभावकारी रुपमा काम गर्छ। साथै यसको रोग सार्ने क्षमता समेतमा वृद्धि हुँदै जान्छ। वेस्ट नाइल भाइरस र लाइम रोग यसका उदाहरण हुन्। 

मानव, जनावर र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धलाई बुझी अघि बढ्न सके यस प्रकारको महामारी फैलनबाट रोक्न सकिन्छ। 

त्यसरी नै वातावरणमा भएका मानवलाई हानि पुर्‍याउने किराहरुलाई चमेरोले खाइदिएर पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न ठूलो भूमिका खेलेको हुन्छ। खेतीयोग्य जमिन बढाउने क्रममा जंगल विनास गरिएसँगै चमेरोको बासस्थान नास हुन पुगी चमेरोसँग सम्बन्धित भाइरस मानवसम्म आइपुग्यो र यसले संक्रमण गराउन थाल्यो। यसरी सन्तुलित पारिस्थितिक प्रणालीले मानव स्वास्थ्य र विकासका लागि अहं भूमिका खेलेको हुन्छ। कहिले, कहाँ र कसरी महामारी फैलन्छ भन्ने अनुमान लगाउन कठिन भए तापनि हालसम्म विश्वमा भएका महामारीको प्रवृत्तिलाई हेर्दा निरन्तर भएको जलवायु परिवर्तनसँगै यस प्रकारका महामारीहरु पटकपटक नहोलान् भन्न सकिँदैन।  

आज विश्वको बढ्दो जनसंख्या वृद्धिदरसँगै हामीले प्रकृतिलाई पनि बचावट गर्दै प्रकृति र मानवको बिग्रँदो सम्बन्धलाई आधारभूत रुपमै पुनःजागरण गर्न जरुरी देखिन्छ। जसका लागि जनावरबाट उत्पति भएका मानिसलाई सर्ने रोगहरुको जड कारण र मानवका कारणले पारिस्थितिक प्रणालीमा ल्याएको असन्तुलनलाई सम्बोधन गर्न अति आवश्यक देखिएको छ। यसका लागि मानव, जनावर र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धलाई बुझी अघि बढ्न सके यस प्रकारको महामारी फैलनबाट रोक्न सकिन्छ। 

अन्त्यमा, 
विश्वव्यापी रुपमा फैलिएको वर्तमान महामारीबाट उन्मुक्तिपश्चात् पुनः हुन सक्ने यस प्रकारका महामारीबाट बच्न पारिस्थितिक प्रणालीलाई सन्तुलिन राख्न सहयोग गर्ने दिगो योजना तथा यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको छ। जसले गर्दा प्रकृतिले मानव अस्तित्वलाई बचाइराख्न सदा सहयोग गर्नेछ। स्मरणरहोस्, प्रकृतिसँग मानवको सम्बन्ध सघन रुपमा जोडिएको छ। त्यसैले हामीले प्रकृतिलाई जोगाउनबाट चुक्यौं भने प्रकृतिले पनि हामीलाई जोगाउन सक्दैन।

यसरी विगतमा पटकपटक भएका महामारी जलवायु परिवर्तनले गर्दा वातावरणमा आउने परिवर्तनको प्रभाव भएकाले हाल फैलिएको कोभिड–१९ को महामारी जस्ता थप नयाँ प्रकारका भाइरसजन्य महामारीहरु भविष्यमा अझ बढेर जाने सम्भावना देखिएको छ। त्यसैले आधारभूत स्वास्थ्य सेवाहरुलाई मजबुत बनाउँदै यस महामारीलाई अवसरका रुपमा उपयोग गरी भविष्यका महामारीहरुसँग जुध्न सक्ने आधारशीला तयार गर्ने एक दिगो तथा दूरदर्शी योजनाको आवश्यकता देखिन्छ। साथै दिगो आर्थिक तथा समाजिक विकासका लागि वातावरणीय पक्षलाई विशेष महत्वका साथ ध्यान पुर्‍याउन जरुरी देखिन्छ।

(डा पराजुली वातावरणीय स्वास्थ्य विज्ञ हुन्)

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्