विराटनगर– सुनसरीको इटहरी–१२, खनारस्थित सरस्वती सेलर मिलमा शनिबार आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ।
विद्युत ट्रान्स्फर्मर सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगोले मिलको विद्युत ट्रान्सफर्मर, तार लगायतका सामान जलेर करिब २५ लाख बराबरको क्षति भएको प्रहरी चौकी खनारले जनाएको छ।
दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा १ घन्टापछि आगो नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।