• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना कहरमा आत्मबल नलडखडाओस्

धीरज मैनाली आइतबार, जेठ ११, २०७७  ११:०९
1140x725
फोोटो: mercurynews.com

विश्व आज कोरोनाको महामारीले आक्रन्त छ। चीनबाट सुरुवात भएर विश्वव्यापी महामारीको रुप लिएको कोरोनाले मानव सभ्यतामाथि नै धावा बोलेको आवस्था छ। प्राकृतिक सत्ताभन्दा ठूलो कोही छैन। अनि, मानव जीवनका लागी उपयोगी परापूर्वकालदेखि अनुभव तथा खोजको उपज हाम्रा लागि विभिन्न जीवन जिउने सिद्धान्त तथा कला निर्देश गरिएको छ।

कति बजे उठ्ने, के खाने‚ के नखाने, कस्तो कस्तो कर्म गर्ने अनि व्यवहार गर्ने सबै परापूर्वकालदेखि नै पूर्वीय दर्शनमा निर्देशित छ। त्यसको सही अनुशरण हामीबाट भएन। त्यसकारण हामी विभिन्न समस्याले समय समयमा आक्रान्त हुन्छौं। जीवन जिउने अनुशासन तथा नियम, कानुन सबैको जीवनरक्षा तथा सुखका लागि निर्देशित भएका हुन्छन्। तर हामी त्यसलाई गम्भीरताका साथ लिइरहेका हुँदैनौं।

सरकारले हाल गरेको लकडाउन पनि यही जनताको स्वास्थ्यलाई मध्यनजर गरेर गरिएको एक निर्देशन हो। बाली लगायो तर छेकबार लगाएन भने त्यो बालीलाई कुनै न कुनै बेला चौपायले खान्छ नै भनेजस्तो लापरवाही गरियो भने एक न एक दिन हामी रोगले आक्रान्त हुन्छौं। त्यसमा दुई मत रहँदैन। जनताका हितमा जारी भएका नीति निर्देशिकालाई अवमूल्यन गर्दा रोगबाट नमरे पनि दुःख त पाइन्छ नै।

स्वास्थ्यमा लिइनुपर्ने कदम 
सरकारले लकडाउनको समयमा देशमा अस्पतालको शय्या थप्ने, भेन्टिलेटर तथा मोनिटर थप्ने कार्यलाई तुरून्तै सुरुवात गर्नुपर्छ। सामान्य अवस्थामा समेत भेन्टिलेटरको अभावमा बिरामीलाई यता र उता रिफर गरिन्थ्यो भने यो संकटको घडीमा यही गतिमा कोरोना बढ्दै जाँदा देशमा रहेका सिमित भेन्टिलेटरले नपुग्ने निश्चित छ। स्वास्थ्य समस्या तथा रोगको प्रकृति दिनानुदिन फेरिँदै तथा बढ्दै गएको छ।

हाल गरिएको तयारीले भविष्यलाई समेत टेवा पुग्नेछ। सिमित संख्यामा रहेका अस्पतालका सघन शय्या, भेन्टिलेटर तथा मोनिटर खरिद गर्न सरकार तातेन भने तथा कानमा तेल हालेर जनतालाई दिग्भ्रमित गर्ने कार्य मात्र गर्दै जाने हो भने आजको स्थिति तथा कोरोनाको दिनानुदिन बढोत्तरीले देश भयावह स्थितिमा नजाला भन्न सकिन्न। त्यस कारण नीति निमार्ताले आत्मबल दह्रो बनाएर योजना तर्जुमा गर्नु अत्यावश्यक छ।

नियत सफा राखेर प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको सघन उपचार कक्ष, कम्तिमा दुईवटा भेन्टिलेटर तथा शय्याकै अनुपातका मोनिटर खरिद गरी यथाशीघ्र कार्यान्वयनको कार्य गर्नु आवश्यक छ। संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारलाई कागजमा लेखेर तथा भाषण गरेर मात्र हुँदैन। यसका लागि सरकारमा रहेका व्यक्ति, नीति निर्माता तथा योजनाकर्ता सबैले आत्मबल उच्च राखेर, भुमरीमा हराएजस्तो व्यवहार त्यागेर, आफैं रनभुल्लमा परे जस्तो नगरेर गफभन्दा बढी वस्तुस्थितिको मनन गरी काम तथा निणर्य फटाफट गर्नु आवश्यक छ।

धीरज मैनाली, लेखक

एम्बुलेन्सको संख्या थप्दै जाने कार्य अविलम्ब सुरु गर्न आवश्यक छ। देशमा स्वास्थ्य जनशक्तिको अभाव छैन। ती जनशक्तिलाई अभिमुखीकरण प्रदान गरेर सघन उपचार सेवाका शैय्या तुरुन्त थप्नुपर्छ। लकडाउन जनतालाई दूरी कायम गराउनमात्र होइन यो पूर्वाधार विकासको समय पनि हो। विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोनाको पनि एचआइभीजस्तै उपचारको कुनै उपाय नसुल्झिएमा सधैं लकडाउनमात्र गरिरहने कि वैकल्पिक तयारीमा लाग्ने‚ यो सोचनीय कुरा छ।

अस्पतालको संख्या तथा सघन उपचार शैय्याको व्यापक वृद्धि गरिनुपर्छ। यसको रोकथामका लागि कुनै भ्याक्सिन आएन भने सावधानीका साथ मानव जीवनलाई पुरानै अवस्थामा चलायमान गराउनुपर्छ। त्यस अवस्थामा संक्रमित भएर सिकिस्त अवस्थामा नभएकाले घरमै सावधानी लिएर बस्ने तथा उपचार चाहिएमा मात्र अस्पताल जाने, अति सिकिस्त अवस्थाका लागि तुरुन्त उपचार दिने प्रणाली विकास गर्नुपर्ने सम्भावना समेत नआउला भन्न सकिन्न।

Ncell 2
Ncell 2

मृत्यु शाश्वत छ तर कोरोनालाई आत्मबलले जितौं
धेरैले अकालमा ज्यान गुमाएका छन्, कतिले आफन्त गुमाएका छन्‚ सबैलाई कोरोनाबारे मानसिक त्रास छ। जन्मपछि मृत्यु निश्चित छ। कसैको कालगतिले मृत्यु हुन्छ भने कोही विभिन्न रोगले अकालमै मृत्युलाई प्राप्त गर्छन्। जो जसरी मरे पनि यो नश्वर जीवन त सकिने नै हो। कोरोना संक्रमणले आफूलाई पनि केही गर्ने हो कि भन्ने डर नपालौं। धर्मशास्त्रले भन्छ- जसको आयु सकिएको हुन्छ त्यो जे गरे पनि बाँच्दैन भने जसको आयु बाँकी रहेको हुन्छ उसलाई जति नै घातक समस्या किन नहोस् चमत्कार भएर भए पनि उसले पुनर्जीवन पाउँछ। यसको मतलव लापरवाही गर्दै हिँड्ने भन्न खोजिएको होइन। जस्तोसुकै परिस्थितिमा पनि आत्मबल उच्च राख्नुपर्छ भन्न खोजिएको हो। 

आज देशमा यो लेख तयार पर्दाको अवस्थामा ५८४ जना कोरोनाबाट संक्रमित भएका छन्। ३ जनाले मृत्युवरण गरेका छन्। सामान्य स्वास्थ्य अवस्था भएका कोरोना पोजेटिभले आफ्नो आत्मबल उच्च राख्नु जरुरी छ। मलाई केही हुँदैन मैले कोरोनालाई जितेरै छाड्छु भन्ने भाव तथा आत्मबल उच्च राख्नु आवश्यक छ। सामान्य अवस्थामा रहेका संक्रमितको आहार तथा सरसफाईको उचित प्रबन्ध अस्पतालले मिलाएको हुनुपर्छ। दिन कटाउन सजिलो हुनेगरी टिभीको व्यवस्था तथा किताबको व्यवास्था गरिदिनुपर्छ। जसले गर्दा बिरामीमा नकारात्मक सोचमा कमी आउँछ।

तातो तथा चिसोको समुचित व्यवस्था भएको हुनुपर्छ। बिरामीको धार्मिक आस्थाअनुरुप आफ्नै बेडमा नित्यकर्म गर्न छुट दिइने प्रबन्ध मिलाएको हुनु आवश्यक छ। यसले बिरामीको आत्मबल तथा मनोबल उच्च बनाउन टेवा पुग्नेछ। यस्तो बेला दिमागमा नकारात्मक सोच आउने सम्भावना प्रबल रहन्छ। यस्तो समयमा स्वास्थ्यकर्मीले बिरामीलाई हौसला दिने कार्य गर्नुपर्छ।

कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएका संक्रमितलाई तुलनात्मक रूपमा तनाव अघिपछिको भन्दा बढी नै हुनेगर्छ। यो समयलाई टिभीका कार्यक्रमतर्फ मोड्न सकियो भने तथा स्वास्थ्यकर्मीबाट हौसला प्रदान भयो भने नकारात्मक सोच हटेर जानेछ। मलाई केही हुँदैन‚ म पुनः पुरानै जीवनमा चाँडै फर्कनेछु भन्ने सोचाइले मात्र पनि आत्मबल बढाउन धेरै सहयोग गरिरहेको हुन्छ। 

कोरोनामा कमीकमजोरी तथा लापरबाही
क्वारेन्टिनको निश्चित मापदण्ड पूर्णरूपमा पालना हुन जरुरी छ। संक्रमित व्यक्तिलाई र अन्य आइसोलेसनमा रहेकालाई सँगै नराख्ने। यस्तो गरियो भने नेपाल दोस्रो इटाली नबन्ला भन्न सकिँदैन। यस्ता कुरामा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने आवश्यक छ। विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यलयद्वारा यसको अनुगमन हुनु आवश्यक छ। मानव अधिकार आयोग यस अवस्थामा अझ कृयाशील हुनु आवश्यक छ। कोरोनासँग आत्मबल उच्च बनाएर एकजुट भएर मात्र लड्न सकिने यथार्थ सबैले बुझ्नुपर्छ। 

कोरोनाबाट मृत्यु हुँदा मृत शरीर उठाउने कार्यमा सबै हिच्किचाएको तथा स्वयंसेवकले त्यसको व्यवस्थापन गरेको समाचार प्रकाशित भए। यस्तो परिस्थितिमा जिम्मेवारी निकायले आफ्नो भूमिका निर्वाह गर्न हिच्किचाउनु हुँदैन। सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन्। विदेशमा समेत कोरोना पोजेटिभको मृत्यु हुँदा सेना तथा प्रहरीको अगुवाईमा अन्तिम संस्कार गरिएको देखिन्छ।

यस्ता घटना हुँदा सम्बन्धित अस्पतालले के गर्ने, राज्यका संयन्त्रले के गर्ने भन्ने विषयमा विवेकपूर्ण तवरले निर्णय हुनु आवश्यक छ। अस्पताल व्यवस्थापनले यस्तै संकटको समयमा आफ्नो चुस्त प्रशासनिक क्षमता प्रस्तुत गर्नुपर्छ। राज्यका संयन्त्रसँग समन्वय गरी आत्मबल उच्च बनाएर सक्रिय साथ कार्य गर्नु सम्बन्धित अस्पताल प्रशासनको कर्तव्य रहन्छ। कोही कसैको मृत्यु भएमा राज्यका संयन्त्र अलमलिनु हुँदैन।

चौतर्फी मारमा सबै तर धैर्यताले कोरोना जित्नुछ
कोरोना कहरले गर्दा उद्योग व्यवसाय प्रायः बन्द छन्। कर्मचारीलाई केही मात्रामा तलब दिनुपरेको छ। कर्मचारी तथा श्रमिकलाई रिटेन गर्न समस्या छ। बैंकले ऋणका विषयमा कुनै निर्णय गरेका छैनन्। बैंकले संकटको मौका छोपी ब्याजदर बढाउने कार्य गरेको कुरा बजारमा आएको छ। योबेला कसले कति नाफा कमाउनेभन्दा पनि सबै संस्था बाचून् भन्ने सोच्नु जरुरी छ। उद्योग, व्यवसाय बन्द भएमा, कम्पनीको ऋणको भार सहन नगरी कम्पनी वा संचालकलाई केही भएमा यसले समग्र बैंकिङ क्षेत्र तथा अर्थतन्त्रलाई पनि असर पर्छ। यो वर्ष यो संकटमा नाफा नभए पनि सबै संस्था बाँचेमा अगामी वर्षमा नाफा कमाउन सकिने कुरालाई बैंकिङ क्षेत्रले बुझ्न जरुरी छ।

संस्थाका कर्मचारीले ऋण लिएका हुन सक्छन्। बैंकको ब्याजमा कुनै नीति नआउँदा मानिसको मानसिक स्वास्थ्यमा असर पर्दै गएको कुरा बुझ्न आवश्यक छ। खाने कुराको जोहो गर्नलाई गाह्रो भएको आजको संकटको यस घडीमा ऋणको ब्याजको विषयमा निश्चित निर्णय नआउँदा मानिसमा तनाव थपिएको छ। नियामक निकायले जनताका सबै पक्षलाई हेर्न आवश्यक छ। 

कर्मचारीले समेत आफ्नो क्षमतामा विश्वास गरेर आत्मबल उच्च राख्न जरुरी छ। अहिले घरबाट ननिस्कौं। आफू सुरक्षित बनौं। कम्पनीले बिदा दियो, तलब दिएन भनेर हतोत्साहित नबनौं, मानसिक स्वास्थ्यलाई असर नपारौं। फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गरौं।
केही फोहोर व्यवस्थापनको कार्य गर्ने तथा स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ आएकाले सरकारले सुरक्षा कवच पर्याप्त मात्रामा उपलब्ध गराउन जरुरी छ।

अहिलेसम्म पनि सुरक्षा कवच पर्याप्तमात्रामा उपलब्ध छैन। कोरोना व्यवस्थापन कोषमा पैसा छ तर अत्यावश्यक सामग्री किन्ने प्रयास भएका छैन। जनता भोकै हुने अवस्था आएको छ। अस्पतालका कर्मचारी, फोहोर व्यवस्थापन गर्ने कर्मचारी, सेक्युरिटि कर्मचारी, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाप्रति सरकार गम्भीर हुन आवश्यक छ। अस्पतालमा कोरोना संक्रमण देखिनासाथ अस्पताल सिल गर्दै जाने हो भने बिरामीकै व्यवस्थापन गर्ने अस्पताल धराशायी बन्नेछन्। देश तथा जनताले अझ संकटको अवस्था सामना गर्नुपर्ने हुन्छ। अस्पतालका कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ। फोहोर व्यवस्थापन वैज्ञानिक तवरले गरिनु आवश्यक छ। अटोक्लेभ प्रयोगमा व्यापकता ल्याएर संक्रमित बिरामीबाट निस्केको फोहोरलाई निःसंक्रमण गरेर मात्र अन्तिम विर्सजन गरौं।

हाम्रा स्वास्थ्य संस्थाहरूमा इन्फेक्सन कन्ट्रोल, सुईजन्य फोहोरको व्यवस्थापन, अस्पतालजन्य व्यवस्थापन, औजार तथा उपकरणको अभाव, चुस्त व्यवस्थापनजस्ता कुरामा धेरै कमीकमजोरीहरू छन्। आजको यो संकटमा यसतर्फ सबै गम्भीर हुन आवश्यक छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश
'मोन्था'को असर मधेश र कोशीमा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
महाधिवेशनको कार्यतालिका पेश गर्न नदिने भनिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
'मोन्था'को असर मधेश र कोशीमा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
आज यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना शुक्रबार, कात्तिक १४, २०८२
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्