काठमाडौं- कोरोना संक्रमित भएकाहरुमध्ये अहिले सातै प्रदेशको विभिन्न अस्पतालको आइसोलेसनमा ४ सय ३४ जना रहेका छन।
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगिसकेका छ। त्यस मध्ये ३ को मृत्यु भएको छ भने ७० जना निको भई घर फर्किसकेका छन।
आइसोलेसनमा रहेका ४ सय ३५ जना मध्ये सबै भन्दै बढी प्रदेश ५ मा रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ५९ जना आइसोलेसनमा रहेका छन भने प्रदेश दुईमा १ सय ४५ र बाग्मती प्रदेशमा १८ जना रहेको छन्।
यसैगरी गण्डकी प्रदेशका ३, प्रदेश ५ का २ सय ३, कर्णाली प्रदेशका १ र सुदूरपश्चिमका ५ जना आइसोलेसनका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।