काठमाडौं- नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ। शनिवार (आज) बिहान मात्रै थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश ५ मा छ।
प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ७२ र बागमती प्रदेशमा ३२ जना संक्रमित भएका छन्। त्यस्तै, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २ सय ४३, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिमा १० जना संक्रमित रहेका छन्।
संक्रमित मध्येहरुबाट पनि ७० जना निको भइ घर फर्किसकेका छन्। निको हुनेमा प्रदेश १ मा २६ जना, प्रदेश २ मा ६ जना, बाग्मतीमा ९ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा २२ जना र सुदूरपश्चिमा ५ जना रहेका छन्।
कोरोनाकै कारण नेपालमा ३ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४२ हजार ५ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ भने ८२ हजार १ सय १६ जनाको आरडिटी परीक्षण भएको छ। आरडिटी परीक्षणको रिपोर्ट भने सार्वजनिक गरिएको छैनन। तर, पिसिआर परीक्षण गरिएको ४२ हजार ५ सय ५८ मध्ये ४२ हजार १० मा कोरोना संक्रमण देखिएको छैन भने ५ सय ४८ मा कोराना पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार, २७ हजार ८ सय २९ जना क्यारेन्टाइनमा रहेका छन् भने ४ सय ३४ जना आइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।