• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै पुष्टि गर्न दर्जन बढी प्रमाण

64x64
वीरेन्द्र ओली शनिबार, जेठ १०, २०७७  ११:०६
1140x725

काठमाडौं- नेपाल र भारतबीच एक सय ५४ भन्दा बढी स्थानमा सीमा विवाद छ। त्यसमध्ये सर्वाधिक विवादित र जटिल क्षेत्र सुस्ता र कालापानी क्षेत्र हो।

गण्डक सम्झौतापछि नारायणी नदीले धार परिवर्तन गरेपछि भारतले १९ हजार ९ सय ८० हेक्टर सीमा अतिक्रमण गरेको छ। त्यस्तै, कालापानी क्षेत्रमा मात्रै ३ सय ३५ वर्गकिलोमिटर नेपाली क्षेत्र अतिक्रमण गरेको छ।

भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर नेपाल सरकारले भर्खरै अद्यावधिक नक्सा प्रकाशित गरेको छ। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर राजनीतिक नक्सा प्रकाशित गरेपछि नेपाल भरतबीच तनाव सिर्जना भएको छ।

भारतीय सञ्चार माध्यम तथा विश्लेषकहरुले नेपाल-भारतबीचको सन्धी सम्झौता र अन्य प्रमाणभन्दा चीनको उक्साहटमा नेपालले सीमा विवाद निम्त्याएको रटान लगाइरहेका पाइन्छन्। तर, भारतले अतिक्रमण गरेको भू-भाग नेपालकै  भूमि हो भन्ने पुष्टि गर्ने दर्जनभन्दा धेरै नक्सा र प्रमाण फेला परेको कुटनीतिज्ञ र सीमाविद्को दाबी छ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने प्रमाणहरु प्रशस्त भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताइन्। ‘कालापानी, लिपुलेक क्षेत्रको नाबी, कुटी, गुन्जी गाउँ लगायत अरु गाउँहरु नेपालकै हुन् भन्ने प्रयाप्त प्रमाण छन्’, नेपाल लाईभसँगको कुराकानीमा अर्यालले भनेकी छन्, ‘हामीले अतिक्रमित भूमि ल्याउन कदम चालिसकेका छौं। नक्सा छापेर ५० प्रतिशत काम गर्‍यौ । भूमि फिर्ता गरेर वाँकी ५० प्रतिशत काम गर्छौं।’

नेपालकै भूमि हो भन्ने नापनक्सादेखि २०१५ सालमा निर्वाचन सहभागी भएको र २०१८ सालका जनणना लिएका मान्छे समेत जीवित रहेको अर्यालले बताइन्। ऐतिहासिक प्रमाणहरु नेपालकै पक्षमा भएकाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने आर्यालको दाबी छ।

‘विगतका सरकारले भारतले अतिक्रण गरेको भूमि फिर्ता ल्याउन पहल गरेनन्’, अर्यालले भनिन्, ‘झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय सरकारले अतिक्रमित भूमि फिर्ता लिने अभिभारा पूरा गर्छ।’

यस्तै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले विगतका सरकार सुत्ने र ब्यूझने गर्दा अतिक्रमित भूमी फिर्ता ल्याउन नसकिएको बताए। ‘नेपाल भारतको सीमा विवाद लामो समयदेखि विवाद चल्दै आएको छ’, श्रेष्ठले भने, ‘सत्ता बाहिर हुदा राष्ट्रियतासँग जोडेर सीमाको विषय उठाउने र सत्तामा गएपछि चुपचाप लाग्दा यथावत थियो अब सीमा विवाद अबिलम्ब हल गर्नुपर्छ।’

Ncell 2
Ncell 2

सीमा विवादलाई अबिलम्ब हल गर्न भारतसँग संवादको वातावरण बनाउनुपर्ने श्रेष्ठले बताए। ‘हामीले अतिक्रमित भूमि फिर्ता लिन पर्याप्त प्रमाण छन्। समस्याको समाधान संवादबाटै खोज्नुपर्छ’, श्रेष्ठले भने, ‘भारत संवादमा आउन नमाने पनि प्रधानमन्त्री तह, परराष्ट्रमन्त्री तह सचिव तह अरु विभिन्न तहबाट निरन्तर आग्रह गर्नुपर्छ।’

नेपालले निरन्तर रुपमा भारतलाई संवादमा आउन आग्रह गर्दा अन्तर्राष्ट्रिय रुपमा एउटा राम्रो सन्देश प्रवाह हुने श्रेष्ठको बुझाई छ।

यी हुन् नेपालका प्रमाण
नेपाल र ब्रिटिश इष्ट इण्डिया कम्पनीवीच सन् १८१५ डिसेम्बरमा सुगौली सन्धी भएपछि प्रकाशित नक्सा र प्रमाणपत्रले कालापानी, लिपुलेक र लिम्यिाधुरा नेपालकै हो भन्ने पुष्टि गरेको छ। सुगौली सन्धी लगत्तै सन् १८१६ जनवरी २ जनवरीमा प्रकाशित नक्सा, सन् १९१९ मा क्याप्टेन एच एस वेभले बनाएका नक्सा र  सन् १८२७  फेब्रुअरी १ मा प्रकाशित नक्साले महाकाली नदीको शीर काली नदी भएको पुष्टि गरेको राजनीतिक विश्लेषक श्रेष्ठले बताए। नेपाल-भारत सीमा विवाद भएपछि आफैं विभिन्न क्षेत्र गएर नक्सा र प्रमाण जुटाएको श्रेष्ठले बताए।

यस्तै नापी विभागका पूर्व महार्निदेशक पुण्यप्रसाद ओलीले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग सन् १९६० मा नयाँ मुलुक लिँदा भएको सन्धीमा महाकाली नदीको शीर काली नदी उल्लेख गरेको बताए। यस्तै सन १८१७ मा जेबी टासिनले बनाएको नक्सामा समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बनाएको ओलीको भनाई छ।

सन् १८१७ मार्च २२ नाबी, कुटी र कुञ्जीका अर्थात् व्यास गर्खाका केही जमिन्दारले आफूहरुलाई इष्ट इन्डिया कम्पनीमा समावेश गरी पाऔं भन्दै कलकत्ता राजधानीलाई पत्र लेखे। कलकत्तामा राजधानी इष्ट इन्डिया कम्पनीका मुख्य सचिवले कुमाउँका कमिस्नरलाई व्यास गर्खाका जनता सुगौली सन्धीपछि नेपालकै भएको लेखेको पत्र आफूसँग सुरक्षित रहेको श्रेष्ठले बताए।

तिरो कुत जे जति हुन्छ, त्यो सबै नेपाल सरकारलाई तिर्नु भनेर लेखेको पत्रमा उल्लेख छ।

अर्को  नाबी, कुटी, कुञ्जी, व्यास गर्खालाई बम शाहले आफ्नो अधिनको राज्य बनाउन खोजेपछि विवाद सिर्जना भयो। विवाद बढ्दै गएपछि त्यहीँकै स्थानियवासीले १८१७ फेब्रुअरी ४ मा काठमाडौंमा रहेको ब्रिटिश रेजिडेन्सीलाई पत्र लेखे । ब्रिटिस इष्ट इण्डिया कम्पनीले ब्रिटिश रेजिडेन्सी काठमाडौंलाई पठाएको पत्र नेपाल सरकारले सुरक्षित राखेको छ।

विस १९९५ साल असार १९ गते नाबी, कुटी र गुञ्जीबासीहरुले कुत तिरेको अभिलेख राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको श्रेष्ठले बताए। यस्तै त्यही क्षेत्रका सर्वसाधरणले विस १९९७ साल मंसिर २७ गते बैतडी मालमा तिरो तिरेको प्रमाण सरकारले सुरक्षित राखेको छ।

त्यही क्षेत्रका जनता विस २०१५ सालको निर्वाचनमा सहभागी भएका थिए। कुटी, नावी र गुञ्जीका जनता मतदातमा सहभागी भएको मतदाता नामावली समेत निर्वाचन आयोगले अभिलेखमा राखेको छ। विस २०१८ सालको जनगणनामा त्यही क्षेत्रमा सर्वसाधरणको जनगणना  लिएको वरिष्ठ पत्रका भैरव रिसालले बताए । आफूले त्यस क्षेत्रका ठ्याक्कै जनसंख्या बिर्से पनि १४ सय देखि २ हजारको संख्यामा भएको रिसालले बताए। 

विस २०१८ सालपछि कति जनसंख्या पुग्यो भन्नेबारे नेपाल सरकारलाई थाहा छैन।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ११:०६
  • #नेपाल_भारत
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बालुवाटार छिरे बालेन प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदबहाली गरी प्रधानमन्त्री शाह साइत पारेर बालुवाटार प्रवेश गरेका हुन् । शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत अरुको हकमा तत्काल कार्यान्वयनका लागि सम्बन्ध... शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । शुक्रबार, चैत १३, २०८२
ताजा समाचारसबै
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्