• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै पुष्टि गर्न दर्जन बढी प्रमाण

64x64
वीरेन्द्र ओली शनिबार, जेठ १०, २०७७  ११:०६
1140x725

काठमाडौं- नेपाल र भारतबीच एक सय ५४ भन्दा बढी स्थानमा सीमा विवाद छ। त्यसमध्ये सर्वाधिक विवादित र जटिल क्षेत्र सुस्ता र कालापानी क्षेत्र हो।

गण्डक सम्झौतापछि नारायणी नदीले धार परिवर्तन गरेपछि भारतले १९ हजार ९ सय ८० हेक्टर सीमा अतिक्रमण गरेको छ। त्यस्तै, कालापानी क्षेत्रमा मात्रै ३ सय ३५ वर्गकिलोमिटर नेपाली क्षेत्र अतिक्रमण गरेको छ।

भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर नेपाल सरकारले भर्खरै अद्यावधिक नक्सा प्रकाशित गरेको छ। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर राजनीतिक नक्सा प्रकाशित गरेपछि नेपाल भरतबीच तनाव सिर्जना भएको छ।

भारतीय सञ्चार माध्यम तथा विश्लेषकहरुले नेपाल-भारतबीचको सन्धी सम्झौता र अन्य प्रमाणभन्दा चीनको उक्साहटमा नेपालले सीमा विवाद निम्त्याएको रटान लगाइरहेका पाइन्छन्। तर, भारतले अतिक्रमण गरेको भू-भाग नेपालकै  भूमि हो भन्ने पुष्टि गर्ने दर्जनभन्दा धेरै नक्सा र प्रमाण फेला परेको कुटनीतिज्ञ र सीमाविद्को दाबी छ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने प्रमाणहरु प्रशस्त भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताइन्। ‘कालापानी, लिपुलेक क्षेत्रको नाबी, कुटी, गुन्जी गाउँ लगायत अरु गाउँहरु नेपालकै हुन् भन्ने प्रयाप्त प्रमाण छन्’, नेपाल लाईभसँगको कुराकानीमा अर्यालले भनेकी छन्, ‘हामीले अतिक्रमित भूमि ल्याउन कदम चालिसकेका छौं। नक्सा छापेर ५० प्रतिशत काम गर्‍यौ । भूमि फिर्ता गरेर वाँकी ५० प्रतिशत काम गर्छौं।’

नेपालकै भूमि हो भन्ने नापनक्सादेखि २०१५ सालमा निर्वाचन सहभागी भएको र २०१८ सालका जनणना लिएका मान्छे समेत जीवित रहेको अर्यालले बताइन्। ऐतिहासिक प्रमाणहरु नेपालकै पक्षमा भएकाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने आर्यालको दाबी छ।

‘विगतका सरकारले भारतले अतिक्रण गरेको भूमि फिर्ता ल्याउन पहल गरेनन्’, अर्यालले भनिन्, ‘झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय सरकारले अतिक्रमित भूमि फिर्ता लिने अभिभारा पूरा गर्छ।’

यस्तै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले विगतका सरकार सुत्ने र ब्यूझने गर्दा अतिक्रमित भूमी फिर्ता ल्याउन नसकिएको बताए। ‘नेपाल भारतको सीमा विवाद लामो समयदेखि विवाद चल्दै आएको छ’, श्रेष्ठले भने, ‘सत्ता बाहिर हुदा राष्ट्रियतासँग जोडेर सीमाको विषय उठाउने र सत्तामा गएपछि चुपचाप लाग्दा यथावत थियो अब सीमा विवाद अबिलम्ब हल गर्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सीमा विवादलाई अबिलम्ब हल गर्न भारतसँग संवादको वातावरण बनाउनुपर्ने श्रेष्ठले बताए। ‘हामीले अतिक्रमित भूमि फिर्ता लिन पर्याप्त प्रमाण छन्। समस्याको समाधान संवादबाटै खोज्नुपर्छ’, श्रेष्ठले भने, ‘भारत संवादमा आउन नमाने पनि प्रधानमन्त्री तह, परराष्ट्रमन्त्री तह सचिव तह अरु विभिन्न तहबाट निरन्तर आग्रह गर्नुपर्छ।’

नेपालले निरन्तर रुपमा भारतलाई संवादमा आउन आग्रह गर्दा अन्तर्राष्ट्रिय रुपमा एउटा राम्रो सन्देश प्रवाह हुने श्रेष्ठको बुझाई छ।

यी हुन् नेपालका प्रमाण
नेपाल र ब्रिटिश इष्ट इण्डिया कम्पनीवीच सन् १८१५ डिसेम्बरमा सुगौली सन्धी भएपछि प्रकाशित नक्सा र प्रमाणपत्रले कालापानी, लिपुलेक र लिम्यिाधुरा नेपालकै हो भन्ने पुष्टि गरेको छ। सुगौली सन्धी लगत्तै सन् १८१६ जनवरी २ जनवरीमा प्रकाशित नक्सा, सन् १९१९ मा क्याप्टेन एच एस वेभले बनाएका नक्सा र  सन् १८२७  फेब्रुअरी १ मा प्रकाशित नक्साले महाकाली नदीको शीर काली नदी भएको पुष्टि गरेको राजनीतिक विश्लेषक श्रेष्ठले बताए। नेपाल-भारत सीमा विवाद भएपछि आफैं विभिन्न क्षेत्र गएर नक्सा र प्रमाण जुटाएको श्रेष्ठले बताए।

यस्तै नापी विभागका पूर्व महार्निदेशक पुण्यप्रसाद ओलीले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग सन् १९६० मा नयाँ मुलुक लिँदा भएको सन्धीमा महाकाली नदीको शीर काली नदी उल्लेख गरेको बताए। यस्तै सन १८१७ मा जेबी टासिनले बनाएको नक्सामा समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बनाएको ओलीको भनाई छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १८१७ मार्च २२ नाबी, कुटी र कुञ्जीका अर्थात् व्यास गर्खाका केही जमिन्दारले आफूहरुलाई इष्ट इन्डिया कम्पनीमा समावेश गरी पाऔं भन्दै कलकत्ता राजधानीलाई पत्र लेखे। कलकत्तामा राजधानी इष्ट इन्डिया कम्पनीका मुख्य सचिवले कुमाउँका कमिस्नरलाई व्यास गर्खाका जनता सुगौली सन्धीपछि नेपालकै भएको लेखेको पत्र आफूसँग सुरक्षित रहेको श्रेष्ठले बताए।

तिरो कुत जे जति हुन्छ, त्यो सबै नेपाल सरकारलाई तिर्नु भनेर लेखेको पत्रमा उल्लेख छ।

अर्को  नाबी, कुटी, कुञ्जी, व्यास गर्खालाई बम शाहले आफ्नो अधिनको राज्य बनाउन खोजेपछि विवाद सिर्जना भयो। विवाद बढ्दै गएपछि त्यहीँकै स्थानियवासीले १८१७ फेब्रुअरी ४ मा काठमाडौंमा रहेको ब्रिटिश रेजिडेन्सीलाई पत्र लेखे । ब्रिटिस इष्ट इण्डिया कम्पनीले ब्रिटिश रेजिडेन्सी काठमाडौंलाई पठाएको पत्र नेपाल सरकारले सुरक्षित राखेको छ।

विस १९९५ साल असार १९ गते नाबी, कुटी र गुञ्जीबासीहरुले कुत तिरेको अभिलेख राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको श्रेष्ठले बताए। यस्तै त्यही क्षेत्रका सर्वसाधरणले विस १९९७ साल मंसिर २७ गते बैतडी मालमा तिरो तिरेको प्रमाण सरकारले सुरक्षित राखेको छ।

त्यही क्षेत्रका जनता विस २०१५ सालको निर्वाचनमा सहभागी भएका थिए। कुटी, नावी र गुञ्जीका जनता मतदातमा सहभागी भएको मतदाता नामावली समेत निर्वाचन आयोगले अभिलेखमा राखेको छ। विस २०१८ सालको जनगणनामा त्यही क्षेत्रमा सर्वसाधरणको जनगणना  लिएको वरिष्ठ पत्रका भैरव रिसालले बताए । आफूले त्यस क्षेत्रका ठ्याक्कै जनसंख्या बिर्से पनि १४ सय देखि २ हजारको संख्यामा भएको रिसालले बताए। 

विस २०१८ सालपछि कति जनसंख्या पुग्यो भन्नेबारे नेपाल सरकारलाई थाहा छैन।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ११:०६
  • #नेपाल_भारत
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्