काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था जनसम्पर्क समिति अन्तर्गत भारत शाखाले सरकारी सूचना जारी नहुँदासम्म नेपाल नफर्कन आग्रह गरेको छ।
जनसम्पर्क समिति भारतका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले अफवाह र दलालको लहलहीमा लागेर नेपाल नफर्कन आग्रह अनुरोध गरेका छन्।
भारतले लागू गरेको लकडाउनको समयमा नेपाली नागरिकलाई ठगी तथा झुठो प्रलोभनमा पारेर नेपाल फर्काउने समूह नै सक्रिय रहेको पाण्डेयले जनाए । पाण्डेयले विज्ञप्ति मार्फत गलत आश्वासन दिएर नेपालीलाई पिडित बनाएको जनाए।
नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा समेत प्रवासीको समस्या नसुनेको उनले गुनासो गरे। परीक्षण नगरी प्रवेश गरेको सूचना प्राप्त भएका जनाउँदै पाण्डेयले प्राथमिकताका आधार फर्काउन आग्रह गरे। सरकारी मौनताले गलत बाटो प्रयोग गर्दा महामारी फैलन सक्नेप्रति सरकारलाई सचेत बनाए।
नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा समेत प्रवासीको समस्या नसुनेको उनले गुनासो गरे। परीक्षण नगरि प्रवेश गरेको सूचना प्राप्त भएका जनाउँदै पाण्डेयले प्राथमिकताका आधार फर्काउन आग्रह गरे। सरकारी मौनताले गलत बाटो प्रयोग गर्दा महामारी फैलन प्रति सरकारलाई सचेत बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।