काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितसँग घुस लिएको आरोपमा पुन:निर्माण प्राधिकरण कास्कीका सब इन्जिनियर नवलेशकुमार रौनियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सरकारबाट प्रदान हुने अनुदान रकमको दोस्रो र तेस्रो किस्ताको रकमबाट सेवाग्राहीसँग ४० हजार ५ सय घुस लिएको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।