भैरहवा- केही समय निष्क्रिय रहेको सृजनशील युवा मञ्च आजदेखि नयाँ काममा जुटेको छ। २०५६ सालमा युवाहरुको सक्रियता र प्राध्यापक जीवलााल सापकोटाको अगुवाइमा स्थापित सृजनशील युवा मञ्च आज १० वर्षपछि नयाँ वर्षको अवसरमा पुनः काममा लाग्ने बताउँदै सक्रिय बनेको हो।
समाजमा रचनात्मक र सिर्जनशील काम गर्न युवाहरुमा रहेको प्रतिभालाई खोजी गरी सकारात्मक प्रवृतिको विकास गर्ने, शिक्षा, कला, साहित्य, समाजसेवाका प्रतिभालाई सम्मान गर्ने र सामाजिक विकृतिलाई सचेत बनाउदै कला सस्कृतिको सम्वर्द्धन संरक्षण गर्ने उद्देश्यले स्थापना भएको थियो। समाजमा फरक किसिमका रचनात्मक कार्यहरुका साथ मानवीय साथ सहयोगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मञ्चले नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै आगामी दिनमा विकासमा जुट्ने प्रतिबद्धता जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा काफ्लेले १० वर्षपछि पुनर्जीवन पाएको संस्थाले विगतमा जस्तै उत्कृष्ट काम गर्न आग्रह गरिन्।
मञ्चले सिद्धार्थनगरमा शुभकामना आदानप्रदान, ऐतिहासिक महत्वको चर्चा, सिर्जनशील पार्क निर्माण, पत्रिका प्रकाशन, लोक नृत्यको जगेर्नाका लागि कार्यक्रम, छात्रवृति तथा प्रतिभा पुरस्कार वितरण गर्दै आएको थियो।
मञ्चका अध्यक्ष ई. जीवन अर्यालले स्थापनाको प्रारम्भमा जुन तीव्रता र निरन्तरता थियो अब संस्थाले गर्दै आएको कार्यलाई अगाडि बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।