चितवन- वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५ सय मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखेपछि उनीहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।