काठमाडौं– संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले आजैदेखि अनसन थाल्ने भएका छन्।
जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनसनको तयारी थालेको उनले बताए। यसलाई रोकेर सही रुपमा चिकित्सा शिक्षा ऐन ल्याउन तथा आफूले यसअघि उठाएका अन्य माग पूरा गर्नका लागि दबाबस्वरुप सोमबार बिहान ११ बजेदेखि अनसन बस्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।