• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

श्रमिक कोरोना संक्रमित भए उद्योगीलाई दण्ड हुँदैन, सरकारले व्यवस्थापन गर्छ

विनोद केसी  बिहीबार, जेठ ८, २०७७  १३:२२
1140x725

पछिल्लो समय नेपालका लागि मात्रै होइन, विश्वकै लागि कठिन समय हो। यसबाट नेपाललाई पनि छुट छैन। जब लकडाउन सुरु भयो, सरकारले समयमा नै काम सुरु गर्‍यो। 

जो असंगठित क्षेत्र थिए, यी क्षेत्र सबैभन्दा बढी मारमा परे। सरकारले उनीहरुलाई लक्षित गरी राहत ल्यायो।  त्यसमा लाग्ने स्रोतमा निजी क्षेत्रको स्रोत पनि भनेनौँ, अथवा अन्य स्रोत पनि भनेनौँ। सरकारले आफ्नो स्रोतबाट असंगठित क्षेत्रलाई राहत वितरण गर्ने निर्णय गरेको थियो। 

त्यसमा ठूलो योगदान सरकारको छ। संघीय सरकारको छ, स्थानीय सरकारको छ। चैतमा हामी त्यतापट्टि गयौँ। अब वैशाखमा पनि समस्या आयो। वैशाखमा कसरी जाने? राहत सुविधा मात्रै दिने केही पनि काम नगर्ने हो भने अर्थतन्त्रमा असर पर्ने हुनाले स-साना रोजगारी कुलो मर्मत, सरसफाइ, ढल मर्मत गरेर राहत दिने भन्ने अर्को रणनीति सरकारले ल्यायो। त्यो रणनीति बमोजिम अहिले चाहिँ वैशाख महिनाको हामीले व्यवस्था मिलाएका छौँ। यो असंगठित क्षेत्रका लागि भयो। यसमा ठूलो स्रोत साधन प्रयोग भएको छ। 

अब रह्यो संगठित क्षेत्र। अहिले संगठित क्षेत्रहरु अलिकति डराइराखेको अवस्था छ। यो असामान्य अवस्था कतिसम्म जान्छ र हामी संगठित क्षेत्रले कति समयसम्म धान्न सक्छौँ भन्ने विश्लेषणमा उहाँहरु डराइराखेको अवस्था छ। एक महिना, दुई महिना, तीन महिना मात्रै यो अवस्था हुने हो भने मलाई लाग्छ यति ठूलो इस्युका रूपमा उहाँहरुले लिइराख्नु भएको अवस्था छैन। 

सरकारबाट पनि यो अवस्था कहिलेसम्म रहन्छ भन्ने आकलन भइराखेको छ। तर अब तत्काललाई के गर्ने? समस्या त्यो हो। त्यही भएर सरकारले चैत महिनाको तलब चाहिँ हामी सबै संगठित क्षेत्रले दिऔं र वैशाखको चाहिँ आधा अहिले दिऔं, आधा अवस्था सामान्य हुन थालेपछि दिउँ भन्ने कुरा ल्याएका हौँ। त्यस्का लागि बरु बैंकबाट ऋण चाहिन्छ भने त्यसमा सहजीकरण गरौँ भन्ने हो। 

अर्को विषय वैदेशिक रोजगारीबाट आएकालाई हामी कसरी 'एडजस्ट' गर्छौँ भन्ने छ। विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोगबीच छलफल भइरहेको छ। सरकारले भर्खरै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यो विषय छ। 

त्यसमा एक/दुई वटा कुरा पनि भनिहालौँ। अहिले हामीले बैंक बैंक भनेर ल्याएका छौँ। बैंक-बैंकको कन्सेप्ट धेरै वर्षको प्रयासपछि आयो। यसमा अब हामीले पहिलाको सोचाइ, पहिलाको रणनीतिअनुसार हामी उद्योग–व्यवसाय पनि चलाउँछौ भन्ने हिसाबले पनि पुगेन। सरकारले पनि पहिलाकै रुपमा चलाउँछु भन्ने अवस्था रहेन भने अब यसमा बैंक बैंक पनि एउटा प्रसारण बिन्दु रहन सक्छ।  

वैदेशिक रोजगारीबाट आएकालाई हामी कसरी 'एडजस्ट' गर्छौं भन्ने छ। विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोगबीच छलफल भइरहेको छ। सरकारले भर्खरै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यो विषय छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जस्तैः बैंकमा मसँग भएको जग्गा डिपोजिट राख्छु, अर्कोले त्यसबाट लिजमा लिने। हो यसरी लिजमा लिने मान्छेलाई बरु सरकारले लोन दिने हो कि सुविधा दिने हो कि। त्यतापट्टि गयौँ भने वैदशिक रोजगारीबाट फर्किएकाहरुलाई सिधै एडजस्ट गर्न सक्छौँ। उनीहरुसँग पूँजी पनि हुन्छ। सिप पनि हुन्छ। विदेशबाट फर्किनेहरुको सिपलाई कसरी छुट्याउने भन्ने हाम्रो एउटा सिस्टम छ। त्यो सिस्टमबाट हामी सम्बन्धित जिल्ला, तह छुट्याएर पनि पठाउन सक्छौँ। 

अर्को कुरा के छ भने संगठित क्षेत्रले धेरै रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन। विदेशबाट फर्किएकाहरुलाई परिचालन गर्न कि व्यवसाय विस्तार गर्नुपर्‍यो कि पूँजी विस्तार गर्नुपर्‍यो। त्यो नभई रोजगारी सिर्जना गर्न सक्ने अवस्था रहँदैन। र उनीहरुका लागि सरकारले अर्को के व्यवस्था गर्‍यो भने प्रधानमन्त्री रोजगार कार्यक्रममा सकेसम्म धेरै युवालाई एडजस्ट गराउने।

यसअघि पनि नेपालमा १० वर्षसम्म द्वन्दकालीन अवस्था चल्यो। त्यो बेला धेरै गम्भीर स्थिति थियो। त्यो बेला त हामीले यस्ता सबै समस्यालाई ओभरकम गर्‍यौँ भने अहिले पनि केही समयको लागि हो। केही समयपछि हामी सहजीकरण गर्न सक्छौँ। जसका लागि उद्योगीहरुसँग रहेको रिजर्भ होला अथवा त्यसमा कुनै फण्ड हुन्छ कि। त्यस्तोलाई प्रयोग गर्दै जाने हो भने पनि श्रमिकहरुसँगको सहकार्य पनि सहज हुँदै जान्छ।

केन्द्रीय श्रम सल्लाहकार समितिको बैठक हामी दुई/तीन चरणमा बस्यौँ। ट्रेड युनियन, रोजगारदाताहरुसँग पनि छुट्टाछुट्टै बस्यौँ। बैठकबाट एउटा कार्यदल बनाएका छौँ। त्यसमा हामीले केही विषय राखेका छौँ। ती विषयमा छलफल गरेर जान सक्यौँ भने त्यसमा केही न केही निकास आउँछ र सरकारका लागि एउटा गाइडिङ प्रिन्सिपल जस्तो पनि हुन्छ भन्ने मैले ठानेको छु।

त्यसमा ३ वटा सेक्टरबाट रिपोर्ट लिने भनेका छौँ। निजी क्षेत्र पनि छ, श्रमिक वर्ग पनि छ र सरकारको प्रतिनिधित्व पनि छ। यसमा सर्ट ट्रम कार्ययोजना कस्तो हुनसक्छ, मिडियम ट्रम र लङट्रम कस्तो हुनसक्छ भनेर आउन सकियो भने कोभिडको अवस्थामा दौरानमा, कोभिडपछि गर्न सक्ने कुराहरु आउन सक्छन्। 

पहिलो चरणमा हामीले के गर्‍यौं भने अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई राहत दिने किसिमका कुराहरु, घरेलु तथा साना उद्योगहरुलाई कसरी राहत दिन सकिन्छ ती व्यवस्थाहरु। के गर्दा उत्थान गर्न सकिन्छ। पक्कै पनि अहिले सबैभन्दा बढी मारमा परेका अनौपचारिक क्षेत्र र घरेलु तथा साना उद्योग हुन्। अहिले यस्ता उद्योगीहरुले आम्दानी पनि गर्न सक्नुभएको छैन। रोजगारी पनि दिन सक्नुभएको छैन। त्यसलाई पहिलो प्राथमिकता दिएर सरकारले एडजस्ट गर्नुपर्नेछ। यसबारेमा सरकारले सोचिरहेको छ। 

मिडियम ट्रमको कुरा गर्दा उद्योगहरु कसरी सञ्चालन गर्ने यी विषयमा हामी जान सक्छौँ। रोजगारीमा परेको असरलाई क्षेत्रगत रुपमा पनि हेर्न सकिन्छ। औद्योगिक, पर्यटन लगायत क्षेत्रगत रुपमा पनि विश्लेषण गर्न सक्छौँ। 

लङट्रममा प्रतिष्ठानहरुको पूर्ण सञ्चालन गर्ने र उनीहरुलाई आर्थिक रुपले अझ सक्षम बनाउन वैकल्पिक व्यवस्था गर्ने। यसका लागि विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग पनि सहकार्य गर्ने। यसका लागि सोसल डाइलग पनि निकै महत्वपूर्ण हुन्छ। मलाई लाग्छ, यस्तो कुनै समस्या छैन जो समाधान गर्न सकिँदैन। पछिल्लो समय साना तथा घरेलु उद्योगहरुलाई चाहिँ लकडाउनको अवधिमा श्रमिकहरुलाई पारिश्रमिक दिने कुरामा समस्या परेको छ। यसमा सरकार पनि सचेत छ। ठूला उद्योगहरु जो संगठित रुपमा चलेका छन्। यी उद्योगहरुले श्रमिकहरुको पारिश्रमिक उपलब्ध गराउन सहजीकरण गरिदिँदा केही अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन। त्यो चाहीँ सकिन्छ कि जस्तो लाग्छ। तर समस्या त आफ्नै ठाउँमा छ। 

त्यही भनेर हामीले केन्द्रीय श्रम सल्लाहकार समितिबाट एउटा कमिटी पनि बनायौँ। यसमा कसरी अप्सनमा जान सकिन्छ भनेर। केही गुनासो छ भने अर्थ मन्त्रालय र हामी फेरि पनि बसेर छलफल गर्न सकिन्छ। तर एउटा भुल्नु नहुने कुरा मुलुकको अर्थतन्त्र कस्तो छ त भन्ने पनि हो। राष्ट्रकै अर्थतन्त्र असहज परिस्थितिमा छ भने न उद्योग व्यवसाय छ न श्रमिकको कुरा आउँछ। त्यसकारण यो विषयमा पनि अलिकति मनन् गर्नुपर्छ। उद्योग नै नरहने गरेर फरफारक गर्नुपर्छ भन्ने मनसाय पनि श्रम मन्त्रालयको होइन। उद्योग चल्नुपर्छ। उद्योगले कमाउनुपर्छ। उद्योगको प्रतिफल सरकारले पनि पाउनुपर्छ श्रमिकले पनि पाउनुपर्छ भन्ने नै हो।

अर्कोतिर यो समयमा उद्योगमा काम लगाउँदा श्रमिकलाई कोरोना संक्रमण भयो भने उद्योगीलाई दण्ड जरिवाना हुने हो कि भन्ने कुरा आएको छ। यो ऐनमा व्यवस्था भएको सामान्य अवस्थाको कुरा हो। अहिलेको अवस्थामा यसको जिम्मेवारी उद्योगी/व्यवसायी हुनुपर्दैन। यसको व्यवस्थापन सरकार आफैँले गर्छ। 

(बुधबार नेपाल उद्योग परिसंघको भिडियो वार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्