काठमाडौं- कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ।
रामेछाप घर भई मैतीदेवी बस्दै आएका एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। संक्रमण फैलिन नदिन सो क्षेत्रलाई सिल गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको हो।
संक्रमित पुरुषलाई टेकू अस्पतालको आइसोलेसनमा राखिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।