काठमाडौ- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले नेपालको कालापानी क्षेत्रमा कब्जा गरी बसेको भारतीय सेना हटेर नेपाली फौज राख्नुपर्ने जोडदार माग गरेका छन्।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै वैद्यले सरकारले कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णयको स्वागत गरेका छन्। निरन्तर देशभक्त जनता, बुद्धिजीवि नेता कार्यकर्ताको दबाबमा सरकार नयाँ नक्सा जारी गर्न सफल भएकोप्रति वैद्यले खुसी व्यक्त गरेका छन्।
यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी सैन्य रणनीतिअन्तर्गत भएको भन्दै नीति तथा कार्यक्रममा नसेट्न वैद्यले चेतावनी दिएका छन्। विद्युत प्रसारण लाइनमा खर्च गर्न एमसिसीको बजेट चोर दुलोबाट नीति तथा कार्यक्रममा प्रवेश गरिएकोप्रति वैद्यले आपत्ति जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।